Posted by: pire February 14, 2007
Login in to Rate this Post:
0
?
मिक मिस्फिट,
अरुलाई धोति आदि भन्ने बानि राम्रो हैन, त्यो केहि हदसम्म रेसिस्ट नै हो। कमसेकम म चाहिं अरुलाई हेपेर धोति, न्याओर (न्यार), भोटे, पहाडे बाहुन, दमै, कामी भन्ने कुरोको बिरोध गर्छु। मायाले गर्या भन्नु भन्दा पनि उसलाई मन पर्छ कि पर्दैन भन्ने कुरो मुख्य हो। भारतमा पढ्ने मेरो साथीहरुले भन्थे, 'इन्डियनले मायाले 'ए नेपाली, इधर आओ' भन्यो भने पनि हामीलाई हेपेको जस्तो लाग्थ्यो'। मुख्य कुरो कसैले मलाई देशि भनेको मन पर्दैन नभन भनिसकेपछि फेरि देशि भन्नु चाहिं हेपेकै हो। त्यसो नगरौ, त्यसले हाम्रै देशको साम्प्रदायिक एकता कमजोर गराउछ।
बिबसब्रो,
तपैले भनेको सोर्है आना सत्य हो। परमेन्द्रजिको एउटा क्षमता मान्छु म, वहाँ आफु धनिको छोरो हो, देशमा जो पायो त्यसले पढ्न नपाउने स्कुल पनि पढ्नु भो, तै पनि वहाँको बिचारमा वहाँ जस्तो दुख पाएको मधेशि कोहि छैन। वहाँको बिचारमा वहाँ जत्तिको कनेक्सन भएको नेपालि न्युयोर्कमा कोहि छैन रे, वहाँ जत्तिको पढेलेखेको, राजनीति बुझेको मान्छे पनि छैन रे। मेरो सादर निवेदन वहाँलाई के भने, 'जानुस, तराईमा, एकपटक चुनाब जितेर देखाउनुस, कुरै सकियो, अनि मानम्ला तपाई महान भनेर। मधेसिले गज्जु बाबुलाई त पत्याएनन,बल्ल दुइ तिन सिट जित्नु हुन्थ्यो वहाँको पार्टीले, परमेन्द्रजिलाई के पत्याउलान? अहिले पनि वहाँलाई तराई भन्दै हिड्ने केहि नेताले युजगरेका मात्र हुन। वहाँ जस्तो किचकिचेलाई अन्तमा कसैले मन पराउदैनन। के रामबरण यादव, महन्थ ठाकुर, रघुबिर महासेठ, अनिल झा, मातृका यादब हरुले बाल गन्छन वहाँलाई? 'साला, आन्दोलनको बेलाम न्युयोर्कमा मोज गर्यो, अहिले आउछ बाठो बन्न' भन्छन। मातृकाले त पाए उल्टै छ इन्च घटाउने होला, 'ससुरि, माओबादिके खिलाप बोल्ता है? 'भन्दै।
आखिर परमेन्द्रजिले मानेपनि नमानेपनि वहाको अडिएन्स पहाडियानै हो। उहि क्या, गाइले आफुलाई कन्याउने ब्वासोलाई आनन्द मानेर लात्ताले नहाने जस्तै। त्यसैले परमेन्द्रजि, जानुस काठमाण्डु (चल चल रे काठमाण्डु, मिलेङे वहाँ शम्भु भन्ने गान झ्याप्प याद आयो, किशोर कुमार ब्रोको) काठमाण्डुको बुद्धिजिवि सर्कलमा बसेरभरमग्दुर गाली हान्नुस तिनैलाई, अनि बल्ल तपाईलाई कान्तिपुरले स्तम्भ लेख्न बोलाउछ, टिभि शो हरु चलाउन पाउनु हुन्छ। मेरो बिचारमा टिभि सो ग्यारेन्टि हिट हुन्छ। उदाहरणको लागि, तपाइको गेस्ट बाबुराम भट्टराई मानौ न:
तपाई: बाबुरामजि, मधेसको समस्याको समाधान संघिय राज्यबाटै हुन्छ भन्ने त मान्नुहुन्छ नि।
बाबराम: ए बाबा, त्यो त हाम्रै नारा हो।
तपाई: हो खुपैले। म व्हाँ बुढानिलकण्ठ पढ्दा देखि भन्दै आएको नारा हो। र तपाईको इन्फो को लागि म जस्तो विद्वान बुढामा जन्मेकै छैन। प्लस पहाडिया षड्यन्त्र नभाभे एसएलसिको बोर्ड फस्ट हुन्थे।
बाबुराम: मुलालाई जनयुद्ध चलिरा'भे सुइक्याइदिन्थे। हाम्रो महान नेता प्रचण्डले ल्याएको सिद्धान्त आफ्नो भन्दो रैछ।तपाई:स्क्र्यु यु, बाबुराम।
बाबुराम: स्क्र्यु यु ब्याक, परमेन्द्र।
ल भन्नुस यो सो हिट नभए कुन हुन्छ त? देश भरिका साठ्ठिवटा एफएम रेडियो मा वहाँकै सो, टिभिमा वहाँकै सो। प्रबल गुरुङ द्वारा डिजाइन गरियको कपडा मा टिभिमा वहाँ देखापर्दा त वहाँ प्रति कन्याहरु तेसै भुतुक्कै। पैसा फालाफाल। चोभारको पुरै डाडा किनेर एउटा भब्य महल बनाएर बस्दै परमेन्द्रजि आफ्ना बाकि भविष्य कसरि पहाडियाहरुलाई मधेश बाट भगाएर मधेसि लाई मुक्त गर्ने भन्ने किताप लेखेर बिताउनु हुनेछ, अन्लेस मातृका ब्रोले वहाँलाई खत्म नगरे।