Posted by: blue_moon February 13, 2007
कथा
Login in to Rate this Post:     0       ?        
घर सम्भवतः आरती नतातेकी भए यतिखेर हामी त्यही कुचुङ्ग्रे डेरामा हुन्थ्यौँ । शयनकक्ष एउटै, भान्सा एउटै र बैठक कोठा एउटै अर्थात् थ्री इन वन । यथावत् हुन्थ्यो घरपतिको उही गनगन, उही कचकच र हामी भोगिरहेका हुन्थ्यौँ मध्यरातमा ट्रेन आउने प्रतीक्षामा एउटा व्यस्त प्लेटर्फममा सयौँ सहयात्रीसँग एउटा पटाङ्गनिीमा पातलो दरी ओछ्याएर लम्पसार पल्टिनुको नियति । अहिले म जब यो घर हर्ेर्छर्ुुाह्रै नरमाइलो र शून्य लाग्छ । अहिले यस्तो लाग्छ समस्याको भेलले बीच समुद्रमा डुब्न लागेको डुङ्गा यहाँसम्म आइपुग्ला र त्यो डुङ्गाले अप्र्रत्याशित आएको व्यवधानको भुमरीसँग लड्दै यसरी एउटा किनारा भेट्टाउला भन्ने म कल्पनासम्म पनि गर्न सक्दिनँ । एउटा घर निर्माण गर्न अथवा भनौं घरलाई घर बनाउन आइमाईको ठूलो भूमिका हुँदोरहेछ भन्ने दृष्टान्त अहिले म यो घर हर्ेदा सम्भिmन्छु । ७कति बस्नु डेरामा - यसो एउटा सानो कटेरो बनाऊँ, आखिर दस धुर भए पनि जग्गा त छ नि !' आरती घचघच्याउँथी । ७बनाइस् घर, पैसा चाहिएन -' म झर्किन्थेँ । ७अंशमा आएको अलिअलि त छ नि, सञ्चयकोष झिकौँला ।' ऊ डराइडर्राई बोल्थी । ७झिकिस् ! प्रत्येक दर्ुइदर्ुइ वर्षा झिक्नुछ, कति आउँछ - अहिलेको समयमा पचास/साठी हजारले घर बन्छ - एउटा घुम्ती पनि बन्दैन ।' म फेरि उसको सपनामा पर्ूण्ाविराम लगाउँथे, चुप हुन्थी ऊ । पारम्परिक संस्कारअनुसार चलेको मेरो घरमा मैले प्रतिवाद गरेपछि चुइँक्क बोल्दिन थिई ऊ, जसरी मेरो बा बोल्दा आमा डराउनुहुन्थ्यो । ७लोग्ने भगवान् भन्ने जमाना गयो आरतीजी ! हामी पनि उनीहरूसरह हौँ । तपाईं पनि उहाँजत्तिकै जागिर खानुहुन्छ, घर हर्ेर्नुहुन्छ, किन दब्ने हामी लोग्नेसँग -' त्यसो त वरिपरि उसको सोझोपनलाई उकास्नेहरूको पनि कमी थिएन तर आरती एउटा समुद्र थिई, शान्त समुद्र । अविरल, अविचलित आ"नो गतिशील प्रवाहमा निरन्तर बगिरहने । जसलाई जीवनमा आएका अप्रत्याशित भेलबाढी र भुमरीहरूले कहिल्यै असर पारेन । ७घर भनेको एउटा ठेगाना हो, स्थायी ठेगाना । जुन हामीलाई भन्दा पनि हाम्रा छोराछोरीहरूलाई चाहिन्छ । हामीले त डेरामा नै जीवन बितायौं । त्रि्रो घर कहाँ हो - भनेर कसैले सोधे भने कहाँ भन्ने उनीहरूले -' घर नहुनुको पीडामा सधैँ एउटा गम्भीर प्रश्न ठडाउँदथिई ऊ । हो पनि, आफूले अनुभव गरेको घर नहुनुको कटुयथार्थले धेरैपल्ट मर्माहत भएका थियौँ हामी । कसैले तपाईंको घर कहाँ हो - भनेर सोध्यो भने भन्नुपथ्र्यो विराटनगर । जवाफले फेरि अर्को प्रश्न जन्माउँथ्योविराटनगर कहाँ - कहाँ भन्ने - कहिले सरस्वतीटोल, कहिले जनपथ, कहिले शान्तिचोक । कहिले आफू बसेको टोलको नामभन्दा टोलले फेरि अर्को सङ्कट थप्थ्योकृष्णप्रसादजीको घरदेखि कता - कहाँ भन्ने घर भए पो ! अनि विस्तारै भन्नुपथ्र्यो त्यहीँ नजिक । सोध्नेले सहजै अनुमान लगाउँथ्यो यो मान्छे सुकुम्बासी हो, घरबारविहीन । घर नहुनुको पीडाले त्यतिबेला कमजोर मन नमिठो गरी दुख्थ्यो । तरक्क चुहिन्थ्यो आँखाबाट आँसु । सम्भिmदा यस्तो लाग्छ घर नभएको मान्छेको कुनै परिचय हुँदोरहेनछ । को मान्छे हो यो - एउटा सहज र उपेक्षित जवाफडेरावाल । जसको कुनै नाम छैन, थर छैन, पदपेशा छैन । सम्पर्ूण्ा प्रश्नको एउटै जवाफ डेरावाल, सकियो । मन कसलाई हुँदैन घर बनाउन । कसलाई रहर हुन्छ सुकुम्बासी भएर बस्ने - तर संसारमा सबैभन्दा ठूलो छट्याङ्ग्रो रहेछ, छट्याङ्ग्रो अर्थात् पैसा । पैसा नभएपछि कसरी बन्छ घर - र पनि बीचबीचमा आरती घोच्थी घरकै प्रसङ्ग कोट्याएर । म निरीह प्राणी चुपचाप सुनिरहन्थेँ उसको बृहत्तर योजना । जसलाई तत्कालै पूरा गर्ने क्षमता ममा थिएन । जसको विकल्प एउटै थियो झर्किनु अथवा उसको कुरो सुनेर मुन्टो अर्कोतिर फर्काउनु । जाबो सुख्खा तलबले घर्रखर्च चलाउनु र केटाकेटी पढाउनु नै धौधौ थियो । ७ल उठ्नुस् । मैले पण्डितजीलाई बोलाएकी छु, आज नागपञ्चमी राम्रो साइत छ रे !' मेरो नाममा होइन तपाईंको नाममा जुर्‍यो, नुहाइधुवाई गर्नुस् ।' अघिल्लो दिनसम्म घरको साइतबारे कुनै सङ्केतसम्म नदिएकी उसले एकाबिहानै साइतको कुरा गर्दा झनक्क रिस उठेको थियो मलाई हैन केका आँटले तैँले घर बनाउने साइत गर्न लागिस् - एकाएक म खनिएको थिएँ ऊमाथि । ७हिँड्नुस् न ! जे गर्नुपर्छ म गर्छर्ुुतपाईं साइत मात्र गरिदिनुस् न ।' शान्त ऊ अझ शान्त भएकी थिई, स्थिर र संयमित । ७ल ल हजुर ! अझै उठ्नुभएको छैन - चाँडो गरौँ, आज नागपञ्चमी मलाई अन्त पनि भ्याउनुछ ।' मेरो केही लाग्दैन । पुरोहितबाजेको उपस्थितिले म आ"नो रिस ओराल्छु र प्रातःकालीन नित्यकर्मका लागि बाथरुमतिर पस्छु र उसको मन राख्न पनि शुभसाइत गरिदिन्छु घरको । रेलको डब्बा अर्थात् सरकारी प्राथमिक स्कुलको कोठाजस्तै दर्ुइ कोठे सादा घरको परिकल्पना गर्दै साइतपछि ऊ सुरु गर्छर्ेेग खन्न । दर्ुइ कोठे टिन अथवा टायलको छाना हाल्ने योजनामा ऋणपानसँगै कछुवा गतिमा घर निर्माण कार्य अघि बढ्छ । घर निर्माणका लागि मैले विवाहमा दिएको चारआनीको मङ्गलसूत्र मात्र होइन सानी छोरीको नाकमा भएको आधाआनीको फुच्चे फुलीसम्म बेच्छे आरती । आफन्त र माइतीमावली गुहार्दा पनि घर माथिसम्म पुग्दैन । ७जा है ! घर त बिगारिएछ, कमसेकम चार कोठाको जग हालेर हाललाई एउटा कोठा बनाएर बस्दा हुने ! क्या हो यो घर हो कि रेलको डब्बा ।' अर्तीउपदेश दिँदै छिमेकीहरू ओभरसियर र इन्जिनियर बनेर आउँछन् । ७यही रेलको डब्बालाई पूरा गर्न त कत्रो महाभारत छ । चार कोठाको जग हालेर एउटा कोठा बनाएर बस्नु भन्नुहुन्छ, यो दर्ुइ कोठाको घर बनाउने बजेट चार कोठाको जगमा नै सकिन्छ, अनि जग हेरेर बस्नु -' म थप्छु । ७ऋणपान गर्नुपर्छ, ल घर बनाउन र विवाह गर्न कसैले पनि पैसा साँचेर राखेको हुँदैन !' छिमेकी महोदय अझ सुझाव दिन्छन् । ७त्यही त हर्ेर्नुस् न, उहाँ बझ्नुहुन्न त्यत्तिकै आत्तिनुहुन्छ, ठ्याम्मै आँट छैन ।' आरती अझ थप्छे । ७अनि छाना केको हाल्ने विचार गर्नुभा'छ -' छिमेकी पुनः सोध्छन् । ७अब हेरौँ टिन, टायल के हुन्छ -' म अझै निर्ण्र्ााीन छु । ७ल यति उठाइसकेपछि केको टिन, टायल - ढलाई नै गर्नर्ुपर्छ नि !' अर्का छिमेकी थप्छन् । आरती पुलुक्क मेरो अनुहार हर्ेर्छर्ेे थकित र टिठलाग्दो अनुहार । ७ढलाई गर्ने मन त छ नि, के गर्ने पैसा छैन । टायलसम्म त पुग्न सकिन्छ, सकिँदैन ।' म अझ आ"नो विवशता पोख्छु । ७ल भैगो ढलानकै इस्टिमेट गर्नुस्, मैले चिनेको व्यापारी छ, पाँच/सात महिनाका लागि छड, सिमेन्ट उधारो गराइदिउँला ।' छिमेकी अलिक उदार देखिन्छन् । अनि टिन र टायलको योजनाबाट ढलानको योजनामा पुग्छ घर । तानतुन पारेर एउटा घरको आकृति तयार हुन्छ । ठूलो सङ्र्घष्ापछि बल्ल एउटा ओत भेटिन्छ जीवनको र लेखिन्छ उपलब्धिको पृष्ठमा एउटा स्थायी ठेगाना, जुन आफूलाई भन्दा पनि छोराछोरीलाई आवश्यक थियो । एउटा ठूलो युद्ध जितेजस्तो लाग्छ । सम्भिmन्छु, अहिले जुन घरमा म छु, आरती छे । यो घर बनाउन थालेको पनि पन्ध्र वर्षभएछ । दर्ुइ कोठाबाट चार, चारबाट आठ । कति दुःखसास्तीले बनेको छ यो घर ! कति आँसु र पसिना मिसिएको छ यो घरमा । कति सङ्र्घष्ा गरेर एउटा स्थायी ठेगाना कोरिएको छ आ"नो र आ"नो परिवारको । ७प्रशान्त कुञ्ज' यो घर विशेष गरेर आ"नो भन्दा पनि छोराछोरीकै लागि निर्माण गरिदिएका थियौं हामीले , उनीहरूको एउटा स्थायी ठेगाना होस् तर अहिले उनीहरू छैनन्, मात्र उनीहरूको सम्झना छ, माया छ र छन् मात्र झझल्काहरू । जुन झझल्काले क्षणक्षणमा तीखो काँडा भएर घोच्छ । छाल भएर हल्लाउँछ । ७बाबा ! के गर्नु यो देश रुँगेर - जहाँ कुनै स्कोप नै छैन । मसँग पढ्ने सबै साथीहरू विदेशमा छन् । बरु यो घर बेचौँ, दिदी र म बाहिर जान्छौँ ।' छोरो प्रस्ताव राख्छ । ७हो त मम्मी ! हजुरहरू दर्ुइजना त हो नि, भाडामा बस्दा पनि हुन्छ । आखिर पहिले बसेकै त हो । के गर्नु यत्रो घर । हजुरहरूलाई पेन्सनले पनि खान पुगिहाल्छ ।' छोरी थप्छे । ७बरु पछि अर्को घर किनौँला, उताबाट कमाएर पठाइहाल्छौँ नि ! फेरि यो घर पनि पुरानो मोडलको छ । यो घरको मोडल पनि राम्रो छैन बाबा !' छोरा पुनः अनुनय गर्छ । अहिले सोच्छु, सन्तान भनेका खोला रहेछन्, बाबुआमा भनेका किनारा । सन्तान जो आ"नै छातीबाट बगेर गए तापनि आ"नो अपेक्षाअनुरूप कहिले फर्किंदैन रहेछन् । अहिले उनीहरू विदेश गएको पनि सात वर्षभएछ । अष्ट्रेलियामा कम्प्युटर इन्जिनियर पढ्न गएकी छोरीले दर्ुइ महिना अघिमात्र इमेल गरेकी थिई ७ममी ! मैले हजुरहरूलाई कर्तव्यको बोझ दिइनँ, यहीँको केटा जोनसँग म्यारिज गरेँ, केटा नेपालीजस्तै छ । अब मलाई ग्रीनकार्डको लागि सजिलो हुन्छ ।' कति सहजै लेख्न सकेकी उसले । छोरोको पनि हिजो इमेल आएको थियो ७बाबा ! केही नभएको देशमा के फर्किनु - म यहीँ सि"ट भएँ, मेरोबारे चिन्ता नलिनु । सरी बाबा ! दिदीलेझैँ मैले पनि हजुरहरूको विवाहको इच्छा पूरा गर्न सकिन, यहीँ ... । सरी बाबा ! सरी मम ! भेरीभेरी सरी !' प्रत्येक सुख दुःखका कुराहरू टेलिफोनमार्फ गर्ने उनीहरूले विवाहको खबर इमेलमार्फ पठाएका थिए । सायद टेलिफोनमा हाम्रो सपना तुहिनुको पीडा सुन्न सक्दैन थिए उनीहरू । अहिले सपनाअनुरूपको विशाल घर छ, सम्पन्नता छ र पनि अपर्ूण्ा छ यो घर । एकजोडी बूढाढुकुरले स्थायी ठेगाना भेट्टाएका छन् तर लाग्छ, हिजोअस्तिझैँ जसका बचेराहरू अझै ठेगानाविहीन छन्, आकाशविहीन छन् । विवश पोखरेल
Read Full Discussion Thread for this article