Posted by: Rahuldai February 10, 2007
Melamchi Drinking water Project of Nepal
Login in to Rate this Post:     0       ?        
अर्को नेपाली जी, तपाईंले पनि माथिका धागाहरु पढ्नु भएन जस्तो छ । मैले ज्ञानेको बिरोधिहरुलाई राम्रो भन्न र गर्न कुन चाहीँ धागोमा बयान गरेको छु । मात्र मेलम्चिको यथार्थ लेखेको हुं । निर्माण कार्य मा कमिशन को खेल हुन्छ्, मैले कहाँ न कारेको छु । अर्को नेपाली जी, यो राहुल् भाइ बिगत् १६ बर्ष देखि सरकारी जागिर खांदै आएको छ, इन्जिनियरको हैसियत् ले। त्यसैले फेरि पनि भन्छु, माथिका पोष्टिङ्ग हरु पढ्नु भएन र हतारमा कमेण्ट् गरि हाल्नु भयो। मैले १९९८-२००१ सम्म मेलम्चि आयोजनामै काम् गरेको हु। त्यस पछि पनि खानेपानी मै कार्यरत् छु। मेलम्चिको ठेक्का पट्टामा कमिशन् को खेल भयो होला, देउबा लगायत को भाग् बन्दा म कति पर्यो भग्वान् जानुन्। तर् ज्ञानेको (क)शाही आयोग ले जुन अभियोग लगायो त्यो पो झुठ हो । लाटो हिसाब मा पनि गलत छ, अझ तपाईं जस्तो निर्माण ब्यबसायमा काम गरेको ले मज्जा ले बुझ्न सक्नु हुन्छ । पहिलो र दोस्रो ठेक्का बिच को फरक रकम कुन हिसाब ले भ्राष्ट्रचार गरेको ठहर्छ? माथिको धागो हरु पुन्: एक पट्क पढ्नुस् र मैले गल्ती लेखेको छु भने बिनम्र माफि माग्न तयार छु ।
Read Full Discussion Thread for this article