Posted by: pire February 7, 2007
chitwan!pahad ki madesh?
Login in to Rate this Post:     0       ?        
कुरो उठिहाल्यो, केहि लेखिहालम न। चितुन पैले तनहुंको भाग थियो, चितुन् त जंगलैजंगल न हो, त्यसैपनि। प्रतापसिंह शाहको पालामा नेपालमा गाभेपछि फेरि बिद्रोह भएर हो वा के भएर हो केहि समय यो नेपालको भाग रहेन। पछि रणबहादुरको पालामा बहादुर शाहले फेरि नेपालको बनाए। चितवनको महत्व बहादुर शाहले निकै बुझेका थिए, बेतियामा निर्वासित हुँदा पनि प्रताप सिँहलाई 'दाइ, चितवन त छोड्नु हुन्न है, हानीहाल्नु पर्छ' भनेर चिठि लेखेका थिए। अहिले कसैले स्वतन्त्र मधेसको कुरो गर्दा तिनले भनेको मधेस कुन हो भन्ने कुरो चुट्टाउन गार्‍हो छ। यत्रो आन्दोलनहुँदा पनि यो पुर्बका नौ जिल्लामा मात्र सिमित रह्यो, पश्चिमकाले साथै दिएनन।त्यसको कारण के छ भने जसले जे भनेपनि मधेस पनि नेपालजत्तिकै बिबिध छ, चितवनका थारुले कहिल्यै आफुलाई मधेसि सम्झदैनन, र मिथिलाका मधेसि र बाँकेका मुस्लिमबहुल मधेसिमा धेरै अन्तर छ। नवलपरासीमा अलिअलि पुर्बको असर छ। त्यसैले यदि मधेश भन्ने नयाँ राज्य बनिहालेपनि कहिल्यै चितवन र मकवानपुर् त्यसको अंग नहुने हुनाले (सबै पहाडे छन चितवन र मकवानपुरमा) नयाँ राज्य बनेपनि मधेश दुइ टुक्रे राज्य हुन्छ, पुर्ब र पस्चिम मधेस, जहाँ जान कि भारत भएर जानु पर्‍यो, कि चितवन भएर। यसैले अहिलेको आन्दोलनलाई सिभिल राइटको आन्दोलन गराए सबैलाई फाइदा हुन्छ। पृथकतावादी आन्दोलन गराए कोहि कहिं पुग्दैन, खालिइ दुख मात्र सबैलाई।
Read Full Discussion Thread for this article