Posted by: Hi_nanu February 5, 2007
Why have I stayed [in Nepal]?
Login in to Rate this Post:     0       ?        
पिरेजिलाइ मेरो पनि शुभकामना।राम्रो सोच राख्न्न्नु भएको छ।हामि पनि चाडै फर्किन पाइयोस आफ्नो प्यरो नेपाल र केहि गर्न सकियोस देशको लागि। महाबिर पुनलाइ त्यसो भन्ने मान्छे चाहि महाबिर सरलाइ नजिकबाट नचिन्ने वा भनौ राम्रो कुराको कदर गर्न नचाहने मान्छे हुनु पर्छ।महबिर सर् जति बेला हाम्रो स्कूलमा हुनुहुन्थो तेति बेला पनि तलब पचाएर मात्रै बस्नु हुन्न थियो।वहाले बङूर पालन गरेर बिज्ञान प्रयोगसालालाइ सहयोग गर्नु हुन्थ्यो।मैले के भन्नु पर्छ र वहाँको बारेमा,वहाँ आफैले सिद्ध गरि सक्नु भएको छ वहाँको महानता। उपेन्द्र महतोको पैसा र वहालाइ एउटै तराजुमा राखेर जोख्न्न त मिल्दैन किनभने त्यो महाबिर सरको अपमान गरेझै हुन्छ। यदि जोखियो भने महाबिर सरको देश प्रतिको योगदानको अगाडि उपेन्द्र महतो धेरै हलुका देखिनु हुन्छ। मेरो शुभकामना पिरेजिलाइ,तपाइ पनि वहाँकै बाटोमा हिड्न सक्नुहोस
Read Full Discussion Thread for this article