Posted by: pire February 5, 2007
Why have I stayed [in Nepal]?
Login in to Rate this Post:     0       ?        
सरी साथीहरु, मैले अलि इमोसनमा आएर लेखेको हो। के भा'थ्यो भने एकपटक म नेपालबाट फर्केर आएर मेरा केहि साथीहरुलाई महाबिर पुनको म्याग्दिको हाइस्कुलको बारेमा सुनाउदै थिएँ, एकजनाले बुझ्नु न सुझ्न प्याच्च 'त्यो मुला, ह्याँ जागिर नपाएर गा त हो' भनेर भन्यो। मलाई खुब नरमाईलो लाग्यो। कसलाई इज्जत गर्ने, कसलाई राम्रो भन्ने, को ठुलो भन्ने सोचाई हामी मा अझै नआएको हो कि? अनि महाशय आफै चाहिं के गर्ने रहेछन नि? उनी वेबपेज बनाउने रहेछन यौटा कम्पनीमा, इस्टकोस्टमा। मैले कामको कदर नगरेको जसो देखिन्छ, तर उदाहरणमात्र दिएको हो। बुढो भएर एकदिन जब हामी फर्केर हेर्छौं आफ्नो जीवनलाई, थाहा छैन कसरी मुल्यांकन गरिन्छ होला। जातभातको कुरो लिएर झगडा गरेको, त साला मधेशी निस्किहाल भनेको, चोरेको, ठगेको, अरुलाई मान्छे नगनेको, मै ठुलो भनेको, अरुलाई मार्नुपर्छ काट्नुपर्छ भनेको, यस्तो कुरो सम्झदा मनलाई शान्ति हुन्छ कि कमसेकम मैले गर्दा यति केटाकेटि हरुको जीवन राम्रो भयो भनेको? यहीँ भनम न, म कहिलेकाही महँगो होटेलमा गएर चालीस पचास डलर को डिनर खान्छु। भोलिपल्ट आखीर ऊहि हो, केहि बाकि रहदैँन,बरु थुक्क त्यति पैसा बरु नेपालको हाइस्कुललाई दिएको भए, मेरो अलुम्नाईलाई दिएको भए, कमसेकम यसयलसि को कोचिङ् चलाउथेकि भन्ने सोच्छु। त्यसैले, कति यस्तो रिग्रेट पाल्ने, कति अरुलाई केहि गरेनन भनेर गाली गर्ने? कति नेताहरुलाई गाली गर्ने, किन आफै चुनाब नलड्ने? आदि कुरा हरु मैले सोचेको धेरै भयो। Anyway, thanks Ashu for your encouragement. With god's blessing, it will happen soon.
Read Full Discussion Thread for this article