Posted by: pire February 5, 2007
Why have I stayed [in Nepal]?
Login in to Rate this Post:     0       ?        
मित्रहरु, धन्यबाद कमेन्टको लागि, मुख्य गरेर हाम्रो गोर्खालि साथिलाई। हाम्रो अमेरिकामा दुइखालका नेपालीहरु छन, एक खालका ले त हाम्रो जस्तो कुरो बुज्छन, अर्को खालकाले चाहिँ नेपालमा गएर काम गर्ने सबै नेपालीहरु अमेरिकामा जागिर पाएनन अनि गए भन्दै बस्छन। होला। तर त्यसरी होच्याउनुमा बिचराहरुको आफ्नै हीनताबोध पनि छ, आफै मात्र जान्ने आफै मात्र राम्रो भन्ने मान्छेहरु सबभन्दा बढि हीनताबोधले ग्रस्त हुन्छन रे क्या। सरकारी छात्रबृत्तिमा आएर यता बस्ने हरु प्रति साँच्चै भन्ने हो भने मलाई घृणा मात्र छ। अझ त्यस्ताले नेतालाई भ्रष्ट भन्दा त मलाई थुकौं जस्तो लाग्छ। यहाँ एउटा प्रसंग उल्लेख गरिहालुँ। धेरै पहिले मैले टोनि हेगनको एउटा किताप पढेको थिए, उनि राणाकाल सक्किने बेला गाउँ घुम्दा धेरै बिदेश पढेका लाउरे हरु आफ्नो गाउँमा स्कुल चलाएर बसेका देखेछन्। ति लाहुरेहरुले भनेका हुन्छन, 'भारत तथा अरु ठाउँमा पनि बस, यहि पढाउ य अरु जागिर खाउ' भन्दा पनि आफ्नो देश आयौ, हामीले नपढेर दुख पायौ, अब अरुले नपाउन भनेर। म त छक्क। त्यो बेलाको कुरो। राणाहरुले जागीर दिनु त के, स्कुल खोल्नेलाई झ्यालखानामा हाल्ने बेलाको कुरो। आज कति पय केटाहरु म लाई भन्छन, 'महिनाको एकलाख रुपिया पाए त जान्थेहुला'। त्यस्ता मान्छे हेरेर मलाई टीठ लाग्छ। भन्छन नि, ग्रीड र नीड भन्ने दुइकुरा हुन्छन रे, ग्रीड कहिले पुग्दैन, नीड भन्ने कुरो पन्ध्र हजार रुपियाले पनि पुग्छ। आफु पढेलेखेको बाउआमा छ भने छोराछोरीलाई किन महँगो बोर्डिङ पढाउनु पर्‍यो, आफैले राती घरमा बसेर राम्रो सँग पढाए हुन्न? अनि अमेरिकामा बसेर जानेहरुलाई इख पनि हुन्छ, यो बिदेशीहरुले हामीलाई हेप्छन भन्ने, र राम्रो काम गर्न मनलाग्छ। देखेका जानेका पनि हुन्छन। जंग बहादुरले बेलायतबाट फर्केर पहिला मुलुकी ऐन जारी गरेका थिए, उदाहरणको लागि।पहिला त नत्र जे अपराधमा पनि अंगभंग गर्ने, जारी काट्ने आदि चलन थियो। जँगले हामी सभ्य हुनुपर्छ, दुनिया कहाँबाट कहाँ पुगिसक्यो भनेर त्यसो गरेको। उसको अरु बैगुण त थियो, तर गुण मात्र उल्लेख गरेको यहाँ। अब अमेरिकामा बस्नेनेपालीमा दुइटा मुख्य 'ट्रेट' देखिन्छ, 'यहाँ नोकर भयो अरुको, र नेपालमा मालिक हुन खोज्यो'। ठुलोठुलो युनिभर्सिटिको प्रोफेसर आदिको कुरा छोडौ उनीहरु त साच्चै बिद्वान हो, तर अरु झारेझुरे ठाउँमा काम गर्ने, वेबपेज बनाएर गुजारा गर्नेले पनी आफुलाई बिद्वान भएको जस्तो ठानेर नेपालका नेता, नेपालका सिभिल सोसाइटि सबैलाई गाली गरेको देख्दा ति आफै कति पटमुर्ख रहेछन भन्ने जस्तो लाग्छ। अब कति लेखुँ। मुखको तितो फाल्याइ मात्र भो। आफु त चाँडै घर गइन्छ, एउटा राम्रो कम्पनि खोल्ने बिचार छ, शायद फाइनान्स कम्पनिहरु को सर्भिस प्रोभाइडर र एउटा टुरिज्म रिलेटेड। देश शान्ति भयो भने त टुरिज्म मा पैसा टन्न छ। अनि, फुर्सदमा टन्न साथिभाइहरु सँग बसेर मम खाइन्छ, सरकारीस्कुलका बच्चाबच्चिहरुलाई फ्री अंग्रेजि र गणितको शिक्षा शुरु गर्छु, अमेरिका बाट फर्केका म जस्ता भोलुन्टीरहरु जम्मा पारेर। केहि नभए पनि शनिबार र आइतबार। सबैले आफुले सकेको गर्ने त हो। र अन्त्यमा, मधेशको हकहीतको लागी पनि केहि गर्नुपर्छ। अब चाहि अरु जातिको मान्छेलाई होच्याएर बोल्न हुन्न, नत्र पछि हामिलेनै दुख पाउछौ भन्ने पनि सिकाउनु पर्ने भाछ, बच्चाहरुलाई सानै देखि।
Read Full Discussion Thread for this article