Posted by: Nepe February 4, 2007
Tough Testing Time for Girija
Login in to Rate this Post:     0       ?        
>someone commented on his speech to the nation as an impromptu >and an inconvincing one given the gravity of the situation we're in >today. i don't totally agree with it. Loote-jyu, That someone must be me, if there aren't others as well. And here is my explanation to why I thought so about Koirala's address. - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=41185#376499 अब, तराईमा अहिले भइरहेको के हो र त्यसलाई साम्य पार्न के गर्नु पर्छ भन्ने मेरो विचार स्पष्ट नगरिकन कोईरालाको सम्बोधनप्रतिको मेरो असन्तुष्टि स्पष्ट हुनेछैन; हुन त तराईलाई साम्य पार्ने कुरामा कोईरालाको सम्बोधनले फ्लप खाए पछि मेरो असन्तुष्टिले आफ्नो डिफेन्स गरिरहन नपर्ने हो । मेरो विचारमा तराईको अशान्ति मधेसीहरुको यो वा त्यो बुँदागत राजनैतिक माँगभन्दा बेसी आजसम्म मधेसी समुदायले बेहोर्नुपरेको अपमान र तिरस्कारप्रतिको विद्रोहले अनुकुलता वा संजोगवश मुखरित हुनपाएको घटना हो । त्यो विद्रोहलाई मौलिक रुपमा शब्दबद्द (articulate) गर्न नसकेर मात्र केही नेताहरुले केही तैरिईरहेका बुँदागत राजनैतिक माँगहरुलाई अभिव्यक्तिको साधन बनाएका हुन् । वास्तवमा मधेसी नेताहरुले जे ४-५ बुँदागत माँग गरेका छन्, तीनमध्ये केही केन्द्रले पटक्कै अस्वीकार नगरेको, केवल सामान्य हिचकिचाहट देखाएको अवस्थाका छन् भने केही त स्वयं मधेसी नेता आफैले भुतोभाङ केही नबुझेको अवस्थाको छ । त्यस्ता लगभग स्वीकृतप्राय: माँगले अहिले चलिरहेको उत्तेजित, हिंसात्मक र अराजक प्रदर्शनहरुको पूर्ण व्याख्या गर्न सक्तैन । जहासम्म "प्रतिगमनकारी"हरु को भूमिकाको कुरा छ, त्यो नगन्य वा केवल सम्भावनाको कुरा हो । यो विद्रोह मधेसीहरुको (सम्पूर्ण नभए पनि जति जागेका छन्, त्यतिको) जेन्युईन विद्रोह हो । र यो मधेसी नेताहरुले दावी वा प्रस्तुत गरेको जस्तो राजनैतिक बुँदाहरुको लागि नभएर वास्तविक सडकमा देखिएको दीर्घ दमित मधेसी पीडाको भावनात्मक अभिव्यक्ति हो । त्यसैले यसलाई साम्य पार्न मधेसी पीडाको ईमान्दार हिसाबकिताब गर्ने, उनीहरुप्रति राज्य र शासकजातीले गरेको उत्पीडन र तिरस्कारको लागि क्षमा माग्ने शालिनता देखाउने र आगे त्यस्तो अवस्था रहन नदिन प्रण गर्ने प्रकृतिको सम्बोधन हुनुपर्छ । कोईरालाको सम्बोधन र त्यस show को लागि जिम्मेवार सहायकहरु यसमा पूर्ण अनभिज्ञ देखिए । मैले भन्न खोजेको कुरो यहि हो । अब मैले माथि जे दावी गरें, मधेसी नेताहरुले प्रस्तुत गरेका बुँदागत राजनैतिक माँगहरु लगभग स्वीकृतप्राय: अझ केहि त मधेसी नेताहरु स्वयंले भुतोभाङ नबुझेका भनेर, त्यसलाई व्याख्या गर्न चाहन्छु । Nepe
Read Full Discussion Thread for this article