Posted by: ritthe_jasus February 4, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
नमस्कार साथीहरु, म कुनै ईतिहास को ज्ञाता हैन तर पनि मेरो अलि अलि भएको दिमाग ले सोच्दा जुन कुरा हो अथवा भएको थियो होला जस्तो लाग्छ त्यही कुरा साथिहरु माझ राख्छु। पिरे ज्यु, मैले हेर्दा सायमिज्यु का कुरा असान्धर्बिक जस्तो लाग्दैन किन भने यो धागो कुनै एउटा राजा को बारेमा नभै इतिहास् का त्रुति हरु खोज्न को लगि सुरु गरिएको जस्तो लाग्छ। इतिहास् मा धेरै कुरा झुठो छन त्यो त अन्धो ले पनि देख्न्न सक्छ । पृथ्वि नारायन् बाट नै सुरु गरुं, उन्ले जुन राज्य हरु जिते त्यहाँ का बसिन्दा हरुलाई आफ्नो फौज मा सामेल गरे, त्यस्मा राई, गुरुङ्, मगर्, लिम्बु, बाहुन्, छेत्री सबै थिए सबै ले वीरता का साथ लडे र मरे पनि, तर ईतिहास मा नाम कोर्न सफल भए खाली छेत्री र ठकुरी हरु मात्रै, अरु जात जाती माथि अन्याय भएको जस्तो देखिदैन र? जब अङ्रेज हरु गोर्खालि वीर हरु भनेभने अझै सम्म मङोलिएन् हरु मात्र चिन्छ्न भने, हाम्रो आफ्नै ईतिहासमा उक्त बर्गका वीरहरुको खै त सम्मान गरिएको ? के यो हेपाहानिती हैन त? अरु जाति को योगदान को कदर नगरि खाली ३-४ जना सेनापतिहरुलाई वीर भनेर देखाइएको हाम्रो इतिहास् मा के त्रुति नहोला त? मैले त्यती ईतिहास पढेको त छैन, जती आइ एस्सी सम्म पढें त्यती मात्र हो, तर जती पढे त्यस्मा ईतिहास कम र कुनै बर्ग वा जातिको गुणगान गाथा बेसी जस्तो लाग्यो । भन्ने बेलामा सबै समान तर ७ साल् पुर्बको ईतिहास हेर्दा देश बिकासमा अरु कसैको योगदान् नै नभ एको जस्तो देखिन्छ । म नेवार हुं र अरु जाती बारेमा धेरै ज्ञान छैन, त्यसैले नेवारी को नै अलि कुरा गरौँ । ईतिहास मा नेवार लाई ब्यापारी भनेर देखाइएको छ, के सबै नेवारहरु सांचिकै ब्यापारी हरुमात्र हुन् त? पृथ्वी नारायणलाई रणभुमिमा सबैभन्दा नराम्रो माथ दिने नेवारहरुनै हुनु पर्दछ र उनले नेवारहरुलाई लडाईंमा कहिलेपनि जिते जस्तो पनि लाग्दैन, जितेपनि छलकपट ले जिते र पनि किन ईतिहासमा नेवारलाई फौज र युद्ध कला को लागि अस्अक्छ्यम्, र ब्यपारमा मात्र निपुण भनेर चित्रण गरिएको हो ? के यो नेवारहरुलाई राजनीतिबाट टाढा राख्न्ने ईतिहास को चाल हैन र ?
Read Full Discussion Thread for this article