Posted by: Rahuldai February 3, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
गालब गुरुको टिप्पणी माथि टिप्पणी गर्न मन लाग्यो, अझ भनुं, अनुभव राख्न मन लाग्यो । अन्यथा न लिइ दिनु होला । कुनै पनि आलेख्, कथा निबन्ध लेख्ने काम सजिलो होइन । अझ बिशेष गरेर क्रमबद्द रुप मा लेख्दा सुरु देखि को पात्र बिशेष को चित्रण देखि घट्ना क्रम लाइ मिलाउन सकिएन भने त्य्सको कुनै अर्थ हुँदैन । कल्पना को बेजोड उर्जा लाई भाषा र नाटकिय शिल्पतामा ढाल्ने दुबैमा गालब गुरु को पकड अतुलनिय रह्यो । कहिले कहिं लेख्दा त आफुलाइ हम्मे हम्मे हुन्छ, गालब् गुरुले दैनिक लेख्दा कस्तो भयो होला, म अनुमान् गर्न सक्छु, गुरु को लगनशीलतको प्रशंसा न गरीरहन् सकिन्न। प्रतिभाको खानी हुंदो रहेछ। मैले सदबहार् बनाउं कि भनेको कुरो चाहि चौतारिको चिलिमे गफमात्र हो, मेरो आसाय लेख्ने सिलसिला जारी होस् । तपाईंको परिश्रम र प्रतिभाको कुनै न कुनै रुप मा कदर हुने नै छ, त्यो भन्दा पनि असली कुरो चाँही, लेख्दा को आनन्द कुनै भौतिक प्राप्तीले बिस्थापन गर्न सक्दैन ।
Read Full Discussion Thread for this article