Posted by: gaalab February 3, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
जदौ! कमेन्ट दिने सबैलाई धन्यवाद! यसो कमेन्टहरु पढ्दा अरु केही लेख्ने ईच्छा पलाएर आयो। पहिलो भाग त चौतारीको गफको सिलसिलामा लेखेको मात्रै थिएँ। अनि, दोश्रो र तेस्रो दिनमा पनि त्यस्तै लहै लहैमा लेखियो। त्यसपछि चित्रे बज्जियाले टाइटलको फरम्याट सहित राखिदेपछि त अर्को भाग त्यसै फर्म्याट अनुसार लेखियो, अनि के भयो देखिहाल्नुभो। २० अध्याय तिर पुगुन्जेलसम्म पनि ३१ सम्म लेखिएला भन्ने सोचेको थिइन; तर लेखियो। यसमा चित्रेले दुई दिन लगातार लेखेको दुई वटा अध्यायले पनि मलाई निकै उर्जा दियो। अहिलेसम्म फिक्सन लेखेको भनेको जम्मा दुई ओटा थियो - पहिलो, १० कक्षामा पढ्दा स्कूलको स्मारिकामा लेखेको एउटा कथाँ, र दोश्रो ८-१० धागो अगाडिको चौतारीमा रोबोटको कथा। यो एक महिना मलाई निकै अनुभव बटुलें। लेखकले ध्यान दिनुपर्ने कुराहरु पनि निकै सिंके - अनुभवबाटै। यदि कसैले जान्न चाहेमा कुनै दिन लेखुँला। मेन कुरा चाहिं, दिन दिनै लेख्नु निकै कठिन काम रहेछ। र अहिले अलिकता भए पनि नियमित कोलमहरु लेख्ने नारायण वाग्ले, खगेन्द्र संग्रौला, अनि दैनिक रुपमा सम्पादकीय लेख्ने पत्रिकाका सम्पादकहरुको प्रतिभा प्रति नतमस्तक भएको छु। दिन दिनै नयाँ प्लट चाहियो, भित्र लेख्ने नयाँ मसलाहरु चाहियो, नयाँ पात्रहरु चाहियो, आदि आदि। अन्त्यमा, राहुलदाइ -- नियमित कमेन्टको लागि धन्यवाद! चिनी धेरै खायो भने तितो हुन्छ। यो साह्रै लेखे पनि मोनोटोनस -- एक तमासको -- हुँदै जाला। त्यसमाथि पनि स्वस्थानीको फर्म्याटमा आधुनिक कुराहरु लेख्न अलि गहारो हुँदो रहेछ। ओरिजिनल स्वस्थानीमा घटनाक्रम छिटो छिटो चल्छ, त्यसकारण त्यो स्टाइलमा लेख्दा पनि असहज नहुने। तर आफू परियो पात्रहरुके एक एक सम्वाद समेत राख्न मन लाग्ने मान्छे। अनि आफ्नो लेखन शैली र स्वस्थानीको सैलीबिच "झगडा" परेपछि मार गहारो पर्दो रहेछ। कुनै बेला अरु प्लटहरु फुरे भने लेख्दै जाउँला अवश्य। अनि, आफ्नो कामको व्यस्तताको पनि कुरा छ। सुनिमा जी, २-४ भाग, २-४ भागहरु सम्बन्धित छन्। त्यसकारण श्रृंखलाबद्द रुपमा पढे कथा वस्तु बुझ्न सजिलो होला। चित्रको त कुरै नगरम्। मेरो लेखनको प्रेरणाको श्रोत हो। अरु के भनिरहने? तितौरी -- धन्यवाद! एक एक अध्याय पढ्देकोमा र केमन्टहरु गरिदिएको। अब तिमीबाट पनि समय समयमा केही आउने नै छ। उट्पट्याङ् कथाहरु लेख्नेनै छौ भने आशा छ। तिम्रो ट्यालेन्ट त हामीलाई नि थाहा छ नि! :p पुन्टे दाइ -- आजभोलि व्यस्त। तपाईंको दिनशैली देखेर कमिला र फट्याङ्ग्राको कथाको याद आयो। I mean, "The Ant and the Grasshopper" :D नमेदाइ -- बल्खुतिर राखे पनि चौतारीमा नआउने मान्छेले नबुझ्लान् केरे! तैपनि तपाईंको आज्ञा सिरोपर गर्ने बिचार छ! धन्यवाद!!! ग्वाँचे -- त्यो ३० भागमा आउने महिला मूर्ति किनेर निस्केपछि तलको हरफ थप्ने बिचार थियो' ग्वाँचेले लामो सास लिएर मनमनै भन्न लागे "स्नेहाले त छोरी पाइछ। छोरी पनि यत्रो भइसकिछ" तर, अरु पाठकलाई बुझ्न असजिलो होला भनेर मेटिदिएँ। :) प्रभोको अरु लेखनहरु पढ्ने आशमा छु। माथिका केही कमेन्टहरुलाई उत्तर दिएको मात्र हुँ। चौतारीका सबै पाठकहरु धन्यवादका पात्र हुनुहुन्छ। जय होस्!!!
Read Full Discussion Thread for this article