Posted by: Birkhe_Maila February 2, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हन अइ एसो जदौ अरेओ जोसना नानीले गिज्याइछिन मुलाई त गाँठे! खै ठुल्दाई चाइन्जो यो तिनापानेमा तो हजुरको चिलिम थपो भन्देखुन त बरबादै होला के रे नि? लु एउडो अलि पइलेइ लेखेओ गजला टुक्रो टाँस्न मुन लाओ मलाई नि- तेज आँधि, हावा हुरि, बार तिम्रो बनिदिएँ फकीर जस्तो मन तर तिमी मेरो भनिदिएँ दिन, बर्ष, हिसाब‍ किताब सबै मैले भुलेछु बादल जस्ता केश तिम्रा औँलाले पो गनिदिएँ आँखा बाट झर्ने मोती मेरो दिलमा चुहिँदा साथ दिन अलिकता आँशु आफ्नो पनि दिएँ सुरा, साकी, धुवाँ कुनै मात अब दिँदैनन् चंचल तिम्रा दुई नयन करोडौँको ठानिदिएँ तिमी भेटेँ दोबाटोमा लक्ष मैले भेट्टाइहालेँ तिम्रो पथको ढुङ्गा फोर्दै मुलबाटो खनिदिएँ
Read Full Discussion Thread for this article