Posted by: pire February 2, 2007
Login in to Rate this Post:
0
?
रानीसाप र ज्योत्सनाज्यु,
रिसानी माफ पाउँ।
तर मेरो उद्देश्य त्यही थियो: हजुरहरुलाई जसरी बिना प्रसँग पिरेले त्यो कुरो गर्दा पचाउन गार्हो भयो, मलाई पनि सायमीले बिना प्रसँग काट्टो खाने बाहुनको बारेमा कुरा गर्दा पचाउन गार्हो भयो।
बाबुराम्रले इतिहास तोडेकि तोडेनन, वा पृथ्वि महान थिए कि थिएनन भन्दाभन्दै हाम्रा सायमी मित्रले, जसले अरु ठाउहरुमा बाहुनबादको चर्को बिरोधगर्नु भएको छ र मधेशको समस्यामा पनि बाहुनबादको हात देख्नु भएको छ, सिधै काट्टो खाने बाहुनको बारेमा सोध्नु भएको मलाइ चित्त बुझेन।
म फेरि पनि के भन्छु भने हरेक देशको इतिहास रगतले लेखिएको छ। त्यस्तै हरेक संस्कृतिमा विकृतिहरु छन। त्यो बिकृति देखाएर आफु मख्खपर्नु, अरुलाई होच्याउन खोज्नु बेकार हो।
अब रानिसापलाई मैले चिनेको पनि छैन, केटा हो कि केटि पनि थाहा छैन, यो साझामा म आको कत्ति नै भा'छर? तर मैले त्यसओ लेख्दा वहाँलाई चित्त दुख्यो, हेरिस्यो है। त्यस्तै हो, हामीले अरुलाई जे पायो त्यहि भन्ने, अरुलाई संस्कृतिको आधारमा, उनीहरुको हेरिटेजको आधारमा होच्याउन हुदैन। ब्राह्मणहरुको योगदान पनि छ, जस्तो भास्खर, आर्यभट्ट, ब्रह्मगुप्त आदि गणितज्ञहरुले सातौ शताब्दि देखि बार्हौ शताब्दि सम्म गणितमा योगदाअन, उनिहरुको किताब अरब हुदै युरोप पुग्यो। पुरानो जमानामा जातभात यदि ब्राह्मणले शुरु गरेका हुन भने त्यसलाई काठमाण्डुमा नेवारराजाहरुले स्वेच्छाले भित्राएका हुन। जयस्थितिमल्ल ले आफ्ना ससुराली गाउं(जनकपुर) का झा ब्राह्मणलाई ल्याएर काठमाण्डुमा सार्है भएन, अलि नियम कानून मिलाउनु पर्यो, जातजाति छुट्ट्याइदिन पर्यो भनेर ल्याएका थिए। खोतल्दै जाने भने को को खराब निस्कन्छन तिनका अहिलेका सबै सन्तानलाई दोष दिने? यहाँ कुरै गर्दा पोहोर साल चँगेज खानको बारेमा पढ्दा के पढेको थिएँ भने उसलाई धेरै आइमाई चाहिने, जता पनि मंगोल बंश चलाउनुपर्ने रे। अहिले त्यसैले चिन र उसले शासन गरेको एरियामा एउटै जिन बाट डिसेन्ड भएका बत्तिस मिलियन मान्छे छन रे। अब चँगेज खानले अपराध गर्यो भनेर ति सबैलाई सधै सराप्ने त? अरु किन, त्यहि जँग बहादुरका सन्तान हेर्नुस न, कस्तो सुकुम्बासी भएर हिडेका छन, के तिनलाई जँगेको पाप लाग्छ? त्यस्तै हो