Posted by: gaalab February 2, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
चित्रेले मार्यो। :) चौतारी स्वस्थानी व्रतकथा - ३० वाचक - गालब यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। कुमारजी आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि! तहाँ उप्रान्त ग्वाँचे र उसको हुनेवाला सम्धीको बिचमा के भयो अब बताउँछु। मन्दिरबाहिरबाट कोही हिंडेको आवाज आयो भनेर त्यो बाघ बनेको मानिसले सतर्क गरायो र ग्वाँचेलाई ज्याकेट फुकालेर लुकाउन लगायो। र एकछिन पछि ग्वाँचेलाई ढोकामा गएर बाहिर कोही आएको छ कि हेरिदिन अनुरोध गर्यो। ग्वाँचेले पनि ढोकाबाट चियो गरे र बाहिर कोही नदेखेर त्यही मौकामा भाग्न ईशारा गरे। ढोकामा निस्कँदै "होस गर्नुस् है! मैले मान्छेले कुरा गरेको जस्तो मानेको छु। प्रहरीले गस्ती गरिराख्या हुन सक्छन्। अहिलेदेखि नै मूर्ति बनेर बसे बेस होला" भनी लुसुक्क भाग्न लाग्यो। ग्वाँचे पनि तत्काल आफ्नो स्थानमा गई मूर्ति बनी अटल बसिरहे। निकै बेरपछि उज्यालो पनि हुन लाग्यो, गाँजाले पनि छोड्न लाग्यो र चिसो पनि अत्याधिक बढेर आयो। यतिका बेर नाङगै बस्दा पनि कोही मनिस नआएको देखेर, जाडो खप्न नसकी, "अब त अति भो, फेला पारे पनि पार्लान्। ज्याकेट लगाउनु पर्यो" भनी आफू बसेको तल्तिर खोज्न लागे। परन्तु त्यहाँ पाइन्ट सिवाय केही नदेखी अचम्ममा परे र निकै बेर घोरिएर सोचेपछि एक्कासि आफैंसँग बोल्न लागे "बज्जियाले झाप हानेछ (चोरेछ)। राति बाहिर मान्छे आयो भन्ने त नाटक पो रहेछ। त्यही भएर आफ्नो नाम पनि नभनी भाग्यो। त्यसलाई साइँध्वा! म तँलाई कहाँ छोडुम्ला र?" हे अगस्त्यमूनि! तहाँ उप्रान्त पाइन्टले भनेपनि शरीरको केही भाग ढाक्दै, कुक्रुक्क पर्दै गर्दा उज्यालो पनि भयो र घाम पनि लागेर आयो। "अब यो ठाउँमा केही गरे पनि बस्ने छैन। पाँच लाख दाम छँदैछ। त्यति भए मलाई पुगिहाल्छ" भनी मन्दिर पछाडिको झ्यालबाट भागेर जाने सोच बनाउनै लाग्दा मन्दिर बाहिर साँच्चै नै मानिसको आवाज आउन लाग्यो र ग्वाँचे पनि तत्काल मूर्तिको पोजिसनमा बस्न लागे। एकै छिनमा एउटा पुरुष, एउटी महिला र एउटी बालिका बोलेको आवाजको खल्याङ् मल्याङ् आउन थाल्यो। त्यो पुरुषले भन्दै थियो "हेर्नुस् म्याडम, यी सबै पाँच हजार वर्ष अगाडिको मूर्ति हुन्। कुहिरेहरुले निकै महँगा दाममा किन्छन्। तपाईंले खोजे जस्तो मूर्ति यो छ, यो लैजानुहोला। तपाईंलाई भनेर दुई लाख भयो। हेर्नुस्, यो सबै पुरातत्व विभागले कब्जा गरेको छ। म आफैं पुलिस भएकोले तपाईंलाई मिलाइदिन सम्भव भएको हो, त्यही पनि यो समयमा। कसैले थाहा पाएमा मेरो जागीर जाने पक्का छ। नौ बजेपछि त यहाँ मान्छे नै मान्छे हुन्छन्।" यो कुरा सुनेर ग्वाँचे झसंग भए र नौ बजे अगाडि जसरी पनि भाग्नुपर्ने मनस्थिति बनाए। अरु केही सोच्न नभ्याउँदै एउटा सानो कोमल हातले आफ्नो गाला सुम्सुम्याउन थाल्यो र आफ्नो अगाडि एउटी बालिका बोलेको आवाज आयो "ममी, मलाई त शिवजी मन पर्छ। शिवजीको मूर्ति लैजाऔं न, हुन्न?" बालिकाको बोलीको उत्तर दिंदै ती महिला बोलिन् "नानू, त्यता नचल त। यहाँ महंगा महंगा मूर्ति छन्। जथाभावी गर्न हुँदैन।" उता ती पुरुष र महिला बिच पैसाको कुरा चल्दै गर्दा ती फेरि बालिका बोल्न लागिन् "ममी, यहाँ त बाबाले शिवरात्रीमा तानेको धुवाँ जस्तै गना'छ। के होला?" यस पटक चाहिं पुरुषले "शिवको मन्दिरमा गाँजा त गनाइहाल्छ नि!" भन्यो र हाँस्न लाग्यो। ती कन्या अब ग्वाँचेको आँखाको परेला चलाउन थालिन्। परेला माथि तानिदिंदा ग्वाँचेलाई पनि सहन कठोर भयो र अन्त्यमा आँखा झिम्क्याउन पुगे। बालिकाले "ममी, शिवजीले मलाई आँखा झिम्क्याए।" भनेर प्रतिकृया दिंदा त्यस पुरुषले "महादेवले जो केटीलाई पनि आँखा झिम्क्याउँछन्।" भनेर ठट्टा गरिदियप। ग्वाँचेले बिस्तारै अर्को पटक शान्तको शास फेरे। केही समय यस्तै कष्टप्रद समय बिताएपछि महिला बाहिर जाँदै "नानू, ल धेरै नचल। हिंड जाऔं" भनी बोलाइन्। "हुन्छ ममी! म शिवजीलाई म्वाईं खाइदिन्छु" भनी तिनले एक्कासि नाकको टुप्पामा म्वाईं खाइदिंदा ग्वाँचेलाई हाँच्छ्यु रोक्न हम्मे पर्यो। बाहिरबाट "शिवजीलाई त नमस्कार गर्ने हो, म्वाईं खाने हैन" भन्ने आवाज आयो। तत्पश्चात उक्त वालिकाले ग्वाँचेलाई नमस्कार गरिन् र अनायसै ग्वाँचेले हात उचालेर तथास्तुको पोज दिए। केही समयपश्चात बाहिर खैला बैला सुनियो। "देवीको बाहन छैन रे?" "छालामात्रै छ रे?" "भनेसि पक्कै कुनचाहिं डाँकाले बाघको मूर्ति चोरेर लगेर नक्कली बाघ बनेर बस्या हुन पर्छ हिजो" ल अब बित्याँस पर्यो भन्ने आवाजहरुको बीचमा ग्वाँचेले अघिकी बालिकाको स्वर ठम्याए "ममी, अघि शिवजीले पनि मलाई आशीर्वाद दिंदा हात उचालेका थिए" भनिन्। ती महिलाको बोलिन् "हो क्यारे! अघि नानू पनि शिवजीले आँखा झिम्क्यायो, गाँजा गनायो भन्दै थिई। त्यो मूर्ति चेक गर्नुपर्यो।" यस्तो सुनेर ग्वाँचे पनि अरु केही नसोचिकनै बसेको मून्तिरबाट पाइन्ट झिकेर हातमा च्यापी, पछाडिको झ्यालबाट निस्केर वनवनै हाम्फाली गौशालाचोकतिर हानिए।" तहाँ उप्रान्त बिजुलीको बेगमा आधा घन्टा दौडेपछि पशुपति पनि आयो र तत्काल त्यही बाघको छाला माथि भनेपनि पाइन्ट लगाई निस्किए र जुरेलीको पसलतिर लागे। मम खाएर पैसा तिर्न लाग्दा पैसा फेला परेन। खल्ती छामाछाम गर्दै गर्दा जुरेलीले भनी "ग्वाँचे दाइ, तपाईंको त पाइन्टभित्रबाट पैसा झर्दै छ। पाइन्टको खल्ती च्यात्तिए जस्तो छ।" सोही बेलामा कुनाको सिटमा कालो चस्मा, ओभर्सियर टोपी, कालो ओभरकोट र कालो गमबुट लगाएको मानिस सानो स्वरमा मुर्मुरियो "बज्जियाले बाघको छालाको कट्टुभित्र पो पोको पारेर राख्या र'च त!" इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे तींसोध्याय॥३०॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
Read Full Discussion Thread for this article