Posted by: world_map February 2, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! यामे, ग्वाँचे, ठूली र पछि आउने गाम्लेहरूलाइ नि अग्रीम जदौ। म आज स्वस्थानी लिएर आएको छु। आज पछि अलि बिजी भइन्छ, त्यसैले स्वस्थानी फलाकेर गैहाल्छु, अनि साँझ तिर फर्कन्छु। गालेको स्वस्थानी पनि त्यहीबेला पढम्ला। चौतारी स्वस्थानी व्रतकथा - २९ वाचक - चित्र बहादुर मुखिया कुमारजी आज्ञा गर्नुहुन्छ, ‘हे अगस्त्य मूनि, आज म तिमीलाई कसरी गालबको स्वस्थानी वाचन प्रतिभाबाट प्रसन्न भई महादेवले वरदान दिनुभयो र उनको औंरिका यात्रा कस्तो भयो भन्नेबारेमा कहन्छु, एक चित्त भई, ढाड सीधा पारी, आँखा ठूल्ठूला पारी, दाँत ङिच्च देखाई सुन। गालवले जापुन गामको फुजी पर्वतको टूप्पोमा हरेक रात्री महादेवको तपस्या गर्दै चौतारीका सम्पूर्ण गाम्लेहरूको बारेमा मनोरन्जनात्मक चित्रण गर्दै आफ्नो गुणगान गाएको देखेर महादेव प्रसन्न भइ एक सुन्दर जापानी युवती सृष्टी गरी गालवलाइ सन्देश पठाउनुभयो। ती जापानी युवती गालबले तपस्या गरेको फुजी पर्वतमा गई भनिन् ,’ कोन्नीचीवा! हे गाराबु कुमारू! तिम्रो स्वस्थानी वाचनबाट महादेव अत्यन्त प्रसन्न भई वरदान माग्नको लागि सन्देश पठाउनु भएको छ, जे ईच्छा छ माग, म महादेव समक्ष पुर्याइदिउँला’। यस्ती सुन्दर जापानी युवती शिव दूत बनी आएको देखी गालवको खुशीको सीमा रहेन, उनले भने, ‘हे सुन्दरी! मैले जापुनदेखि तुर्कीसम्मको यात्रा गरिसकें, धेरै कुरा पनि सिकियो, अब मलाई एकपल्ट औंरिकाको भ्रमण गरी औंरेजी भाषा पनि अलि अलि सिक्ने ईच्छा छ, यो विनम्र अनुरोध महादेवसमक्ष पुर्याइदिए आभारी हुने थिएँ, आरिगात्तो!’ युवतीले यो सुनी ,’तिम्रो ईच्छा अवश्य पूर्ण हुनेछ भनेर, अन्तर्ध्यान भईन्।‘ यसकुराको प्रभावले केही दिनमै गालवलाई अम्रिका भ्रमण गर्ने सुअवसर प्राप्त भयो। टोकियोको अन्तर्राष्ट्रिय विमानस्थलबाट बोइङ् ७५७ मा चढेर अम्रिका प्रस्थान गर्ने तरखर गरे। विमानभित्र गालेको सीट बीचमा थियो, तर झ्यालबाट बाहिर हेर्ने योजना बनाएर उनी झ्यालतिरको सीटमा बस्न पुगे। एकछिनमा एकजना जापानी बूढी आएर उक्त सीट आफ्नो भएको दावी गर्न थालिन्। गालेले कुनै टेरपुच्छर लाएन। बूढी पनि कम्ताकि थिईन, एयर होस्टेसलाई भन्न थालिन्, एयर होस्टेसले आएर अनेकौं अनुनय विनय गर्दा पनि गाले डेग चलेनन्। अन्तमा केही सीप नलागेपछि एयर होस्टेस्ले क्यापटेनसमक्ष यो कुरा पुर्याउन वाध्य भइन्। क्यापटेन आएर गालवको कानमा खुसुक्क केही कुरा भने, यो सुन्ने बित्तिकै गालव हतार हतार उठेर बीचको सीटमा बस्न पुगे। जापानी बूढी अत्यन्त खुशी भई क्याप्टेनलाई,’ आरिगात्तो! आरिगात्तो!’ भन्न लागिन्। यो देखेर एयर होस्टेस छक्क परिन् र क्यापटेनलाइ एकान्तमा लगेर कसरी यो कुरा संभव भयो भनी सोधिन्। क्याप्टेनले भने, ‘मैले उसलाई भनेकि, खाली बीचको सीट अमेरीका जान्छ, बाँकी सबै सीट चीन जान्छ’। त्यसपछि गालब बसेको सीटको छेउमा एकजना अमेरीकी युवक बस्न आइपुगे। उनी ल्यापटप काखमा लिंदै ईन्टर्नेट चलाउँदै थिए, देश बिदेशका अनेकौं कुराहरू गर्थे। गालबलाई उक्त व्यक्ति देखेर वाक्क लाग्यो र निदाउन लागे। अमेरीकि युवकले गालवको निद्रा भंग गर्दै भने,’ईस्कुस् मी! ठपाई मोसँग क्वीज खेल्नुहुन्छ?’ गालबले कुनै चासो देखाएनन् र घुर्न थाले। यो देखी युवकले गालबलाई उठाई भन्न थाले,’ हरेक सही उत्तर दिने मान्छेलाई अर्कोले १० डलर दिनुपर्छ। यसो गर्दा रमाइलो हुन्छ।‘ गालब अझै पनि आकर्षित भएनन्। यो देखी उक्त युवक फेरी भन्न थाले,’ल भैगो, यदी तपाईले सही उत्तर दिनसक्नुभएन भने तपाई मलाई १० डलर दिनुस्, तर मैले सही उत्तर दिन सकिनँ भने म तपाईलाई १००० डलर दिन्छु।‘ यो कुरा सुनी गालबले सहमति जनाए अनि अमेरिकी युवकले प्रश्न सोध्न थाले,’ पृथ्वीको परिधि कति माइल छ?’ यो प्रश्न सुनी गालबले खल्तिबाट दश डलरको नोट निकाली युवकलाइ दिए। अब गालबको प्रश्न सोध्ने पालो आयो, उनले सोधे,’ आफ्नो मृत्यु भएपछि पनि खाना खाने र हिंडडुल गर्ने जीव कुन हो?’ अमेरिकी युवकले धेरै सोचे, सम्झे, केही सीप नलाएपछि इन्टर्नेटमा पनि खोजे तर पत्ता लाउन सकेनन्। अन्त्यमा हार मानेर १००० डलर गालबलाइ बुझाए। गालब त्यति धेरै पैसा एकै पल्टमा कमाएकोमा मख्ख पर्दै निदाउन लागे। युवकलाइ खुल्दुलीले सही नसक्नु भयो र गालबलाइ घच्घ्च्याउँदै ब्युँझाएर सोधे,’आखिर के हो त तिम्रो प्रश्नको उत्तर?’ गालबले खल्तीबाट अर्को दश डलरको नोट निकालेर युवको हातमा थम्याइदिए र आफू चैं मज्जाले घुर्न थाले। अम्रिका पुगेर गालब रमाइलो मान्दै यताउती घुम्न थाले, अंग्रेजीमा पर्फेक्ट बन्नु पनि गालबको अमेरिका आउनुको एक उद्देश्य थियो। एकजना साथीसँग बजार घुम्दै जाँदा यौटा पसलमा चुरोट र चिलिमहरू देखेर महादेवको स्तुति गर्नमा काम लाग्छ भन्दै छिर्ने विचार गरे। ढोकामा पुगेर जोरले तान्न थाले, तर ढोका खुल्दै खुलेन। यो देखि उनका मित्रले भन्न थाले,’हे गाले! ढोकामा लेखेको कुरा पढेर त्यही अनुसार गर न। त्यहाँ PUSH लेख्या छ, त्यसैले ठेल्दा मात्र ढोका खुल्छ।‘ गालबले त्यसैगरे, नभन्दै ढोका खुल्यो। फर्कँदा गालबले फेरी जोरले ठेल्दा भए, तर ढोका खुलेन। उनका मित्रले फेरी भने,’ हे गाले! अंग्रेजी सिक्ने मान्छेको यही हो ताल? ढोकामा के लेखेको छ पढ् त!’ गालबले ढोकामा पढ्दा PULL लेखेको रहेछ, उनले ताने, र ढोका खुल्यो। यो देखी गालबले अबदेखि जे लेखेको छ त्यही अनुसार काम गर्ने अठोट गरे। गालबको मित्र केही खानेकुरा किन्न यौटा पसल भित्र गए, गालब चैं बाहिरै यताउति घुम्न थाले। एकछिनमा उनी केही लेखेको ठाउँमा आइपुगे, यौटा ढोका जस्तो चीजमा अंग्रेजीमा केही लेखिएको थियो। उनले त्यो राम्ररी पढे, र केही सम्झे झैं गरेर उक्त चीज उठाउन खोजे, सम्पूर्ण बल लगाउँदा पनि उनले उठाउन सकेनन्। असीन पसीन हुँदै स्वाँ स्वाँ गर्दै उक्त ढोका जस्तो चीज उठाउन खोज्दै गर्दा उनको मित्र पनि त्यहीं आइपुगे र भन्न थाले, ‘हे गाले! के गरेको यो? किन उठाउन खोजेको?’ गालबले लामो सास तान्दै जवाफ दिए,’ जे लेखेको छ त्यही गरेको तर हुँदै भएन यार!’ गालबको मित्रले पनि के लेखेको रहेछ त भनी उत्सुक हुँदै पढ्ने जमर्को गरे। त्यहाँ अंग्रेजी अक्षरमा लेखिएको थियो, ‘LIFT’। अम्रिकामा ग्राण्ड क्यान्योनदेखी अपालाचियन माउन्टेन् सम्म र मेउसिकाने गल्फू देखि सुपारी ताल(lake Superior) सम्म घुमेपछि गालबको जापुन फर्किने दिन आयो। हवाइजहाजमा चढी प्रशान्ते खोला तरेपछि टोकियो शहरमाथि पुग्दा आकाशमै विमान सात पल्ट फन्फनी घुम्न थाल्यो। चालकदलले तुरन्तै एक सूचना दिंदा भए,’प्रिय यात्रु महानुभावहरू! विमानको ईन्जिनमा खराबी आएकाले हामी अवतरण गर्न असमर्थ छौं, अब आ-आफ्नो ज्यान जोगाउनको लागि सीट बेल्ट खोली विमानको मध्यभाग तर्फ लाग्नुस् र त्यहाँको दराजमा भएको एक एक वटा प्याराशूट लिई त्यहींको ढोकाबाट हाम्फाल्नुस्। यो सुनी गालबको मनमा ढ्याङ्ग्रो ठोक्न थाल्यो, खुट्टा कमाई कमाई अरू यात्रुहरूसँगै उनी दराजतिर पुगे, हतारमा यौटा ब्याग उठाई विमानबाट हामफाले। आकाशबाट झर्दै गर्दा सबैले आ-आफ्नो प्याराशूट खोल्दै गए, गालबले पनि आफ्नो प्याराशूटको ब्याग खोल्ने कोसिस गर्न थाले, तर खुल्दै खुलेन। यो देखी अत्तालिंदै गालबले आफ्नो प्याराशूटतर्फ हेरे, तर त्यो त प्याराशूट नभए स्लीपिङ् ब्याग पो परेछ! गालबले मनमनै महादेवको पुकार गर्न थाले, यो थाहा पाएर महादेवले आफ्नो चमत्कारिक शक्ति प्रयोग गरी परमभक्त गालबलाइ हावा बाट एकै पल्ट फुजि पर्वतको टूप्पोमा सुरक्षापूर्वक पुर्याउँदा भए। ईति श्री स्कन्द पुराणे केदार खण्डे माघ महात्म्य कुमारागस्ते संवादे गाले अमरिका भ्रमणम् नाम उनन्तीसोध्याय। नोट:- यो कथा पूर्णत: काल्पनिक हो, कसैलाइ मर्का पर्न गएमा क्षमा प्रार्थी छु।
Read Full Discussion Thread for this article