Posted by: chanaa_tarkaari February 1, 2007
नेपाल भारत सिमाना किन बन्द नगर्ने
Login in to Rate this Post:     0       ?        
हिजो श्यामशरणले किन नेपालको बोर्डर खुल्ला राख्दा भारतलाइ समस्या छैन भनेर बोल्यो (बिबिसिमा) ? यसपछाडि कूटनीति छ, धम्कि छ र दबाब छ कि नेपालका नेताहरुले भारतसितको सिमाना नियन्त्रण गर्ने कुराको उठान नगरुन भन्ने इच्छा पनि लुकेको छ । यसको सट्टामा नेपालले बोर्डर नियन्त्रण गरेपनि भारतलाइ समस्या छैन भनेर किन भनेन ? मुल कुरो यहि लुकेको छ । यो शब्दको खेलमात्र होइन यहाँ गहिरो अर्थ छ भन्ने मलाइ लाग्छ । सिमाना खुल्ला राख्दा नेपाललाइ केहि पनि फाइदा छैन बरु नेपालका मान्छेहरुमा आफ्नो राष्ट्रियताको भावना स्खलित मात्रै भइरहेको छ । पुर्वबाट पश्चिम सम्म बाटो पनि छैन नेपालमा, नभए के भो त इण्डियाको बाटो छ गयो फर्क्यो बिर्सियो । बोर्डर क्लोज भए कमसेकम बाटो बनाउने शुद्धि त पलाउँथ्यो जस्तै दु:ख गरेर भए नि । पढ्न स्कुल छैन, इण्डिया पठायो, औषधोपचार छैन, इण्डिया गयो । हेर्दा सामान्य तर यस्ता कतिपय कारण छन जसले नेपाललाइ अप्रत्यक्ष रुपमा हानी पुर्याएको पुर्याऐ छ । मागेर आधा पेट खान पुग्ने मान्छेले मेहनत गरेर भरीपेट खाउँला भन्ने कहिल्यै सोच्दैन रे के । थोरै सहि तर मेहनत गरेरै खाऔ भन्ने संस्कार कै निमित्त पनि बोर्डर नियन्त्रण गर्नु जरुरी छ । आर्थिक स्थितिको सवालमै भन्ने हो भने नि नेपाल सधै ब्यापार घाटाबाट गुज्रिरहेको छ । सिमानालाइ नियन्त्रण गर्नु भनेको पुरा ब्यापारब्यबसाय ठप्प बन्द गर्नु होइन नि । सारा संसारभरी नियन्त्रित सिमानाले अर्थब्यापारमा कुनै नोक्सान पारेको छैन, नेपाल-भारतमा मात्रै किन पार्ने ? हङकङ र चीनकै सिमाना नियन्त्रित छ, अमेरीका क्यानाडाको सिमाना नियन्त्रित छ तैपनि उनीहरुलाइ केहि आर्थिक बोझ परेको छैन । नेपालको आर्थिक स्थितिको कुरा गर्दा पनि मैले त हाल बहाल रहेको फोर्सकै कुरा गरेको हो, सिमाना नियन्त्रण गर्नको लागि कुनै बिशेष थप ब्ययभार चाहिएला भन्ने मलाइ लाग्दैन । जहाँ इच्छा त्यहाँ उपाय । केहि दशक अगाडिसम्म नेपाललाइ राजतन्त्र बोझ भैसक्यो यसलाइ हटाउनु पर्छ भन्ने कुरा गर्दा धेरैलाइ त्यो पचेको थिएन । सिमाना नियन्त्रण गर्नु ठीक वा बेठीक भन्ने कुरो पनि नितान्त नौलो कुरो होइन, धेरै अगाडि देखि यो बहस चलिरहेको छ, तर अहिले आएर यसको महत्त्व झनझन बढ्दैछ । म चाहि सिमाना जतिसक्यो छिटो नियन्त्रण गर्नै पर्छ भन्ने पक्षमा ।
Read Full Discussion Thread for this article