Posted by: gaalab February 1, 2007
Nepali dream - A true wish, must read
Login in to Rate this Post:     0       ?        
नेपालीमा पनि छ। In fact you can even listen to it. http://www.bbc.co.uk/nepali/news/story/2006/10/061021_generationnext.shtml अंकलाल चलाउने दुर्गम हिमाली जिल्ला डोल्पाको एउटा विकट गाउं लाहां, फुल्चींगका बासिन्दा अंकलाल चलाउने डोल्पाकै लिकुस्थित जनप्रभा उच्च माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन्। अंकलालको घरबाट विद्यालयसम्म पुग्न एक दिन हिंड्नु पर्छ त्यसैले उनी आफ्ना अध्यापकहरूलाई खाना पकाउने काम गरेर उनीहरूकै साथ विद्यालय नजीक बस्ने गर्छन्। अंकलालको बाहिरी विश्वको ज्ञान र जानकारीको स्रोत पुस्तकहरु र शिक्षकको घरमा रहेको रेडीयो र टेलिभिजन मात्रै हो। निबन्ध रेकर्ड गराउन अंकलाल विद्यालयबाट एकदिनको बाटो हिंडेर सदरमुकाम दुनै आई जीवन मैं पहिलो पल्ट हवाईजहाज चढेर नेपालगञ्ज पुगेका थिए। त्यसअघि उनले शहर बजार देखेका थिएनन्। नेपालगञ्जमा नै उनले सबभन्दा पहिले साइकल र मोटरगाडी देखे, टेलिफोनमा कुराकानी गरे र शहरी जीवनको झलक पाए।
Read Full Discussion Thread for this article