Posted by: pire January 31, 2007
Challange from Terai Mukti Morcha
Login in to Rate this Post:     0       ?        
कस्तो आतंककारीहरु? सेब्सअनलाइनमा आनन्द भन्नेले यो चिठिको समर्थन गरेको छ। मेरो एकजना भाई ठ्याक्कै यो ब्यांकमा जनकपुरमा काम गर्छ। अब त्यसको के अपराध? बल्ल बल्ल जागिर पाएको थियो, त्यो त सोझो छ, बरु छोडेर हिड्ला ज्यान गुमाउनु भन्दा, तर उसको परिवारलाई कसले सपोर्ट गर्छ? पढेलेखेको मधेशीहरुले उग्रकुरोको त बिरोध गर्नु पर्छ, तर अहँ। किन गरुन, जति सम्म सक्यो समस्या चर्काउन पाए हुन्छ भन्ने छ। नेता बन्न पाइन्छ कि भन्ने आशा होला कतिको त।'अहिलेनै ले, हामीले भनेको नै गर' भनेर पाइन्छ? मुलाहरु, तराईमा कति जना ले भोट हालेको छ तिनिहरुलाई? कति जना छन त्यो मारकाटमा समर्थन गर्ने? मधेश भनेको कुनकुन जिल्लाहरु? नौ वटा जिल्लामा छिटपुट घटना त भा'छ नि, त्यो पनि बिहारसँग जोडिएको जिल्लामा।कसकसलाई यो आन्दोलन चर्काउन पाए आफ्नो पार्टी बलियो हुन्थ्यो र सद्भावनाहरु चट हुन्थे भन्ने मात्र छ। के पढेलेखेको छ यो परमेन्द्रले? ट्रक चलाएर हिड्थ्यो, नेपालले त्यसलाई बुढानिलकण्ठ मा पढायो, त्यसले अरु मधेशीहरुलाई नेपालमै बसेर हेल्प गरेको भए हुन्थेन?स्कुलमा पढाएको भए हुन्थेन? उसलाई त नेपाल जान भन्दा यहाँ बसेर ट्रक चलाउन र 'इमेल' आन्दोलन गर्न रहर छ, अनि ताक पारेरखुसुक्क मन्त्री बन्न पाइन्छ कि भन्ने होला? इस। मधेसमा त्यो मात्र बाठा छन कि क्या हो? (यो चाहिँ मुलाले मलाई इमेल पठाएको रीस है। त्यो राकेश शर्मा भन्ने पनि त्यहि हो, किनकि मलाई पहिला त्यस्तो स्प्याम परमेन्द्र को भन्द अरुको आउदैन्थ्यो।) पहिला पहिला त म यिनीहरु प्रति सद्भाब राख्थेँ।तर यिनिहरुको ताल हेर न, बिराटनगरमा पुलिसमारेको पनि समर्थन, ज्वाला सिँहले पहाडि हटाउ भनेको पनि समर्थन। त्यो पनि बुढानिलकण्ठ पढेको केटाहरुले।सारा मधेशमा यिनीहरुनै सबभन्दा हेपिएको जस्तो नाटक गर्छन, ओहो। यिनिहरुले मधेशलाई के दिएका छन? आफ्नै गाउँलाई के दिएका छन? मधेशको जेनुइनमाग हरु प्रति मेरो समर्थन छ, तर हाम्रो देशले तिब्बत बाट भागेर आएको लाई शरण दिएको देश हो, भुटानिलाई शरण दिएको देश हो, गोराले दुख दिदा जयप्रकाश नारायण र राममनोहर लोहिया लाई शरण दिएको देश हो, अस्ति इमर्जेन्सीमा पनि भाजपाका अहिलेका नेताहरुको परिवारलाई शरण दिएको देश हो। त्यस्तो उदार मनभएको देशमा यस्तो ज्वाला फ्वाला र आनन्द आदि को कुनै ठाउ छैन। चर्काउने खोजेको भए चर्काउन यो आन्दोलन, सक्छन भने टुक्राउन यो देश, तर सक्दैनन। चुनाब लडे दुइ भोट ल्याउन नसक्ने हरु हो यिनीहरु। माओबादीको प्रचण्डको रीसले टुक्रेको गुण्डाहरुको पछि लागेर के गर्न सक्छन यिनीहरुले? संबिधान सभा को चुनाब अगाडि नै निर्णय गर रे? चुनाब सँग त्यत्रो डर?
Read Full Discussion Thread for this article