Posted by: Rahuldai January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
मेरो बाल कबिता को शिर्षक छ, "हाम्रो चौतारी" क्या चित्र क्या बिचित्रको छ हाम्रो चौतारी अलिकति बाहिर अलिकति भित्र छ हाम्रो चौतारी कोहि बाजा बजाउंदै छन् हम्रो चौतारीमा कोहि खाजा खांदै छन् हाम्रो चैतारी मा ठूलो स्वर् भएको कुखुरा चोर् पनि छन् हाम्रो चौतारिमा कुखुरा चोर् लाई थुन्ने ठुलो खोर् पनि छ हाम्रो चौतारिमा कसैको बिहे त कसैको जन्ती छ हाम्रो चौतारिमा कसैको चिलिम् त कसैको अन्ती* छ हाम्रो चौतारिमा। कोहि मुढो ताप्दै, कोहि बुढो सराप्दैचौतारिमा कोहि सुसेलीमा प्रेम् गीत अलाप्दै चौतारिमा कसैको तालुमा आलु फलेछ, चौतारिमा कसको हड्डि पनि रड्डि भए छ चौतारिमा सिंगान पुछ्न लाई बाहुला को कमि भए छ चौतारिमा धेरै कन्ने नानीहरुको लागि बेहुला त दमि भएछ चौतारीमा (* अन्ती= रक्सी राख्ने कलात्मक् सुराही जस्तो भांडो) नोट: यो बाल कबिता का पात्रहरु कलापानिक भएको ले कसै सँग मिल्न गएमा संयोग मात्र मानिने छ । पुनश्च्: मिसलाई न देखाई यो कबिता प्रकाशित गरेकोमा, क्षमा प्रार्थी छु ।
Read Full Discussion Thread for this article