Posted by: gwanche January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
चित्रे सरि यार, तिम्रो त स्वस्थानीको ब्रत होला भन्ठानेर खबर नगरेको। हरिले फेरि यस्तो मिठो गरेर कुखुरो भुट्यो कि साला हड्डि सड्डि नि बाकि रेन! सुनिहालेउ ठुल्दाइको कुरा खाने बेलाँ हड्डि समेत कर्‍याप् कुरुप पारे, पछि त हड्डि मत्रै दियो भनेर पोल लाइदे। झन् बुढो मान्छे दाँत छैन भनेर फल मासु फल मासु भुटेर देको बुढालाइ। साँच्चि हो हरिले भन्या जस्तै बरु तरुनी फकाउन सजिलो, बुढो फकाउन त लास्ट गारो। तर चिन्ता नगर, गाम्मा अझै पनि धेरै कुखुरा छन, पुरस्कार जित्नको लागि। बरु तिम्रो नजरमा कतै छ कि काजु किस्मिस ख्वार राखेको खाइलाग्दो भाले, आजै राति पुरुस्कार जितौला नि!
Read Full Discussion Thread for this article