Posted by: ylednak January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ओ है साथी हो - म पनि आज गाँउ घुम्दै आउँदा तपाँईको चौतारीमा यसो शितल खोज्दै आएको छु। यो गामका मान्छे कतिका मिजासिला छन्‌ क्यारे त्यो त थाहा भएन तर कुरोको जुरो नझिकेसम्म कहाँ पो के नै थाहा पाईन्छ र ओ। खासमा भन्नु पर्दा मेरी आमाले छोरो मलाई बुहारी चाहियो भनेर खुब हैरान पार्नु भा छ। आमालाई फेरि आमाले नै खोजेको केटिसँग बिहे गर्नु पर्ने अरे। अनि जात छोडेर अर्कोसँग बिहे गर्न नपाम्नि अरे। ओहो कति धेरै प्रतिबन्ध भनेको। आफूलाई यहाँ नेवार्नी कान्छी बिहे गर्न मनलाई रा छ - आमालाई कसरि सम्झाउने हो यसो यस गामका बुज्रुक हरूले अर्ति दिनु्हुन्छ कि भनेर मैले मुख खोले। मलाई त लाज पो लाग्न थाल्यो - मनको कुरा त गरि हाँले - लु जे पर्ला पर्ला। -चिन्ते
Read Full Discussion Thread for this article