Posted by: Rahuldai January 29, 2007
कबिता राहुल भाइको
Login in to Rate this Post:     0       ?        
तिमी बिना जिन्दगि एक्लै मधुप्यास पिएं तिमी के आयौ, जिन्दगिको आभास पाएं अँध्यारो थियो, अधुरो थियो जिन्दगि यो तिम्रो आगमन संगै जीवन प्रकाश पाएं मायाका हात आलिंगनमा बाँधिएको बेला जिन्दगिको अनुपम मधुमास जिएं बसन्तमा पनि फूल मग्मगाएन भन्थें म आज आफ्नै आँगनमा गुलाबी सुबास पाएं इर्ष्याले जले जलुन् मुना मदनहरु पनि तिमी मत्रा कहँ हो र धरति आकाश पाएं
Read Full Discussion Thread for this article