Posted by: Birkhe_Maila January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ओहो सान्नानी! क्यार्दै छौ बा? सपै बेशै होला के रे? अस्ति ज्वाईँले गोडा एउ दर्जन सारी किन्या थे अस्तो ला'थ्यो मुलाई तेसैले कुन लगाम भनेकि होलि! अनि घरमा सपैलाई आरामै? हजुरबालाई बाथले कत्तिको दुख दिन्छ आजभोलि? स्यालको रौसीले मालिस अरे त बुडाले? तिनथानाको बारि बेच्ने भन्ते बुडा बेचि भ्याए कि छैनन? तो घर अगाडिओ किम्बुको रुख काट्ने कुरो थ्यो के भओ? तो काटे भने भुराभुरिले पिङ काँ खेल्छन? आँगना डिल नि ताछेछन तिम्रा घराँ त बाबै? तेत्रो बडेमानको आँगन क्यार्न ताछ्न परेओ हो! गैराबारि जोतेर सकिओ?:) हरिशरणम्!
Read Full Discussion Thread for this article