Posted by: chipledhunga January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
गाम्ले हौ जदौ । बित्यासै पार्यो नि माघे जाडोले आज त । अनि नमे, पक्की भवन भएको इस्कूल अघिल्तिर यती राम्रो चौतारी छिनेकोमा धेरै धेरै धन्यवाद । तिम्रा सन्तानले कक्षा कोठाहरु ढाकून् । मास्टरनी नानी पनि अब त दङ्ग परिन् होला, पहिले जस्तो खुल्ला चौरमा पढाउनु नपर्ने भएर । ठुल्दाइ, तारेमाम् । चिलिम तान्ने काम कुरो चाँही नगरुँ है, बिग्रेलान् इस्कुलका भुराभुरिहरु । बरु यो संस्करणमा चिलिम माथि प्रतिबन्ध लगाउने हो कि? अनि nepalki_chori, मेरो अन्ताक्षरि पार्ट्नर्, छु ख हालखबर? कता हराको यत्तिका बर्षासम्म? गाsssssssssलु व्हेर इज् स्वस्तानि तुदे?
Read Full Discussion Thread for this article