Posted by: Hi_nanu January 29, 2007
Login in to Rate this Post:
0
?
न तिमिले जित्यौ न मैले जिते
मेरो देशले जित्यो
भनेर मैले सोचे भने
न सडक बल्छ
न वन डढेलोले जल्छ
यो त केवल तिम्रो र मेरो स्वार्थले
म म भएर सोच्दैछु
तिमि तिमि भएर
तेसैले
मैले तिमिलाइ र तिम्ले मलाइ बुझ्न सकेनौ
तिमि,म र उनि मिलेर हामि बन्न सकेनौ
एक फेर तिमि म भएर सोच
म तिमि भएर सोच्छु
हामि नेपालि भएर सोच्दा
सबै दोषहरुलाइ त्याग्दा
एउटा सोच्छ हिमाल टल्कन्छ
केहि बर्षको हातेमालोले
नया नेपाल झल्कन्छ