Posted by: Gautam B. January 28, 2007
Login in to Rate this Post:
0
?
राम्रो गजल छ राहुल दाइ।
तर छूचो मुखले यति भन्दिहाल्छु (नरिसाउने भएमात्र!)!
यो पहिलो शेर-
----आज फेरी तिम्रो याद आयो
औंशीको रातमा चांद आयो----
मा जुन बिम्ब छ नि 'औंशीको रातको चाँद' भन्ने, यो बिम्ब अलि बढीनै प्रयोग भईसकेको पुरानो बिम्ब हो जस्तो लाग्छ। अरु केहि नया खोज्ने हो कि?
छूचो मुख मेरो चिलाईहाल्छ क्या! केहि न केहि नबोली त बस्नै नहुने!
***********************
मिसको कवितामा कोमलता र आशावादिता टन्न भेट्छु म। धन्यबाद छ फेरि एकचोटि पढ्ने मौका दिनुभएकोमा।
***********************
विसेजीको लगनलाई मेरो सलाम छ। तर एउटा सानो सल्लाह क्या (नरिसाउनु होला); लेखेपछि टाँसिहाल्न अलि हतार नगर्नु होला, आफैंले एक-दुई पटक पढ्दा सुधार्न सकिने ठाऊँ प्रशस्त देखिन्छन्। अनि मात्रै टाँस्दा ठीक होला कि?