Posted by: Nepalki_chori January 27, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
यो धागोको नाम त "विश्व निकेतन ले जन्माएका कबिहरु" पो हुनुपर्ने। सबै एक सए एक छन बा!! एस धागोमा निरन्तर रुपमा विभिन्न मिति, समय र "मूड" मा लेखिएका "चना-तरकारीज्यु" का टुक्रा कबिताहरुलाई समायोजन गर्ने कोशिश गरेकी छु। पहिलो चाहि स्कूलको बारेमा हुनेछ भने दोस्रो चाहि ट्रली-बसको बारे हुनेछ। सकभर सिलसिला मिलाउन खोजेकी छु, स्कूलमा भर्ना भएबाट सुरु र स्कूल छोड्दामा अन्त्ये गरेकी छु। यसरि कबिता पढ्दा पो मज्जा आउने रहेछ। अनुमती नलीकन गरेकी र कसैगरी मैले वंहाको कबिता बिगरेकी भए म चना-तरकारीज्यु सङ्ग माफि चाहन्छु। ट्रली-बसको चाहि वहांले सकाउनु भए पछि मात्र। जिन्दगिमा पहिलो पल्ट इन्ट्रान्स एक्जाम दिइयो । एक्टिभ इङग्लिस भन्ने नामको किताब रैछ थाहा पाइयो ।। उज्वल मेरो अगाडि बेन्चमा दिपक पछाडि थियो । आत्तियो एकछिन लेख्नै आएन तैपनि लेख्न थालियो ।। पास भएछु नाम निस्क्यो भर्ना भएँ आठमा । सिकाउने दिपक फेल भयो उज्वल रह्यो साथमा ।। ५ वटा सेक्सन थिए कक्षा आठमा पढ्दा । घटी बन्यो ४ र ३ ९ र १० मा हुँदा ।। ८ मा हुँदा "सि" सेक्सनलाइ गर्थ्यम हामी हेला ।। फेल भएका धेरै जसो "सि" मा पर्थै फेला ।। "डि" र "इ" का नयाँ भर्ना जोशिएर पढ्ने । थरीथरीका नौला साथी कम्पिटिसन गर्ने ।। आठ कक्षामा मेहनति म नौ मा भएँ खत्तम । "सि" सेक्सन "डि" सेक्सन भएन कहिल्यै उत्तम ।। नयाँ भएनि हाम्रो सेक्सन फुर्तिलो नै थियो । मुल्याङ्कनमा यहि सेक्सन ज्ञानि भनि गनियो ।। ८ को पढाइ सिद्धियो ९ मा जाने भइयो । मिल्ने केहि साथिहरु फेल भइ ८ मै अड्कियो ।। ८ "डि" बाट पास हुने कता कता बाँडिए । ८ "इ" बन्यो ९ "डि" "सि" का पनि मिस्सिए ।। शुरुमा त भयो त्यहाँ कल्चरल शक । "सि" र "डि" का केटाहरु बोल्नै मान्ने धक ।। बिस्तारै ९ "डि" सेक्सनले थाल्यो गति छाड्न । आलुभन्दा छिटो छिटो थाल्यो बानी बिग्रन ।। अनुशासन के हो भनि हुन छाड्यो हेक्का । पढौ साथि भन्नेहरु थिए एक्का दुक्का ।। पढ्ने साथि पढैया भो नपढ्ने चाहि हिरो । थरी थरीका पंङ्स ड्रेस गोजीमा पैसो जिरो ।। फिलिम हुन्थ्यो एउटा मुख्य कुरा गर्ने बिषय । हिरो हिरोइन लभ स्टोरी कट्यो मज्जाले समय ।। "को-एड" भन्नु मात्रै थियो हामेरुको ब्याचमा । बोलिचालि हुन्नथ्यो महिला पुरुष बीचमा ।। बोका बाख्रि पाडा पाडी उपनाम थिए यस्तै । रमाइलोमा के के भन्थ्यम बाटोमा जिस्काउदै ।। केटा केटी बोल्नै हुन्न सबले जिस्काइहाल्ने । केहिबेर कुरा गर्यो भने "लभर" भन्दिहाल्ने ।। कोहि थिए "फलो" गर्दै घरसम्म जाने । जस्तै आँट गरे पनि बोल्न डराउने ।। आफु भने बोलक्कड चुप लाग्नै नजान्ने । आरोप लाउथै साथीहरु इर्ष्या पनि गर्ने ।। बदमास भने थियौ है हामी उरन्ठेउला अति । रमाइलोको लागि हो कि के हो गरियो केहि खति ।। सिंगल फाइट गर्ने बागमति बगर ग्याङ फाइट गर्ने चोक । कमजोर भए भाग्नै पर्यो मौका परे ठोक ।। लडाइ झगडा सामान्य भो तान्दै धतुरो भाङ । लुकाउनेले लुकाउँदा हुन कस्ता थिए ती दिन ।। आँखा अस्पताल, महादेव मन्दिर पाटी र घाट चहार्यो । थापाथलि देखि पचलि सम्म हाम्रै राज थियो ।। रङ्गशालाको फुटबल हाम्ले सित्तै हेर्न पाम्थ्यम् । भोक लागे फुटपाथको केरा लुट्दै खान्थ्यम् ।। मङ्गले चतुरे आउथे खोज्न बोक्दै मोटो लट्ठी । भाग्दै लुक्दै गयो घर भन्यो स्कुल छुट्टी ।। ल्याब स्कुलसित हाम्रो झगडा पुरानै कुरो हो रे । हार्न हुन्न जसरि पनि जित्नै पर्ने भो रे ।। फुटबल भलिबल जे सुकै होस बिरेन्द्र शिल्ड खेल । ल्याब सित भिड्दा खेरी हुन्छ तेसै झेल ।। यसपालि त जसरी पनि जित्नै पर्छ साथि । परि आए भिड्ने बरु नहार्ने है साथि ।। हुनु थियो आखिर झगडा भयो त्यस्तै त्यस्तै । बसमा ढुंगा मुढा अनि बिजोग कठैबरी ।। आ'का थिए ल्याबका गुण्डा लड्न फेरी भोलि । चतुर पाले चतुरेले रोके मेन गेट नखोलि ।। संयमका साथ जोगियो त्यसदिन ठुलो आपतबाट । हेडसरले बुद्धि नपुर्याको भए हुन्थ्यो रक्तपात ।। यस्तै झगडा भा'थ्यो साथि पद्मोदय सितै । गोदाइ भेटे अरुले नि ड्रेस हुँदा उस्तै ।। सर मिस का कुरो कथा कति रमाइलो । साथिभाइका कहानि त झनै रमाइलो ।। शालिकराम सर हुनुहुन्थ्यो कालो चस्माधारी । गिरीसरको बाक्लो दाह्री गाला वरिपरी ।। कोहिनुर मिसको कुहिरो आँखा कस्तो अचम्म हगि !! जमानामा नेपालकै ऐश्वर्या राय पो हुन कि? बिना मिसको तीखो स्वर मुटुभित्रै गढ्ने । झुठा साँचा इतिहासका कुरा सिलसिलेवार भन्ने ।। खयरगुलि र पुर्णबहादुर सरको सधै हुन्थ्यो झगडा । कम्पिटिसन गर्दै पढाउनाले भयम हामी तगडा ।। म चै भन्छु आज एउटा कहानि न्हुच्छे सरको । उहाँको कक्षा छुट्ला भनि भातै खान्न घरको ।। बिज्ञान गणित इङलिस स्वास्थ्य सबै बिषय पढाउने । जुन बिषय पढाए पनि होमवर्क भने नदिने ।। नरम बोल्ने मुसुक्क हाँस्ने गाली कहिल्यै नगर्ने । मोटरसाइकल हुइक्याए नि बटुवा सितै डराउने ।। एउटा गाडी दुर्घटना भो त्रिपुरेश्वरको चोकमा । डराएर न्हुच्छे सरले बाइक रोके दुरीमा ।। नचढी बाइक ओर्लिकन ठेल्दै लगे गुरुले । उकालो थियो सुनधाराको हेल्प गरे चेलाले ।। भोलि देखि ११ नम्बर ट्याक्सिमा पो सवारी भो । हाँसो बन्यो यो कुरा, हाम्रो बीचमा कहानी भो ।। जो हुन्छ सोझो उसकै मुखमा घोचो । सोझोले भोग्नुपर्ने रैछ थिचोमिचो ।। यो कुरा ठ्याम्मै मिल्छ न्हुच्छे सरको लागि । मेहनति र मिलनसार हुदा आपत लाग्यो पछि ।। खाली क्लास भेट्यो कि न्हुच्छे सर कै ड्युटी । लौ न सर पढाइदिनोस बिषय मोटामोटी ।। धेरै कक्षा पढाउनाले ज्यान भयो बिरामि । घरमा ट्यूसन नलिने उहाँ स्कुलमा चै हैरानि ।। यस्तै शायद थियो होला अरु पनि कारण । छोड्नु भएछ स्कुल नै मलाइ थाहा थिएन ।। पुर्ण बहादुर, निर्मल सरले हानेन थप्पड हाम्लाइ । ढकाल सरले हाने लट्ठी हाम्रा साथिलाइ ।। लट्ठी भाँचियो तैपनि पिटाइ रोकिएन । हाँस्दै हास्दै पिटाइ खाँदा सर पो बहुलाए ।। सबैको को प्यारो मिस पर्नु भएछ कमला । कमला मिसले गर्नु भयो मेरो गालामा हमला ।। किन भनि सोध्नु होला कारण त्यसपछि । थप्पड शायद ओखति हो बदमास भएपछि ।। पढ्यौ हाम्ले बिज्ञानमा करेण्टको बारे । २२० भोल्ट करेण्टले समाउँछ अरे । मैले भने होइन त्यो मलाइ समाउदैन । मिसले भने होइन कुरो म पत्याउदिन ।। मेरो पालो देखाइदिए नाङ्गो तार समाइ । रोक्नु भयो कमला मिसले चिच्याएर कराइ ।। केहि भएको थिएन मलाइ इन्सुलेटर जुत्ता थियो । छुनुभयो कमला मिसले झड्का खानुभयो ।। त्यसपछि त के चाहियो र मात्रा पुगिहाल्यो । नरिसाउने सज्जन मिसको थप्पड पनि खाइयो ।। पढैया आफु परिएन मुन्टो धसि घोक्ने । मौका परे सरमिसलाइ ब्यङ्ग्यवाण ठोक्ने ।। होमवर्क पनि नगर्ने म, अल्छि थिए उस्तै । बोल्नै छाडे कोहिनुर मिसले रिसाइ बिनासित्ति ।। बर्षभरी एउटै कापि पुग्थ्यो मलाइ साथी । खाली हुन्थ्यो धेरै पाना अझ त्यसै माथी ।। सरमिसलाइ कायल पार्ने जुक्ति लाइन्थ्यो अनेक । वरिपरीका कक्षासमेत हुन्थ्यो सँधै डिस्टर्व ।। यस्तैमा कहिलेकाहि झगडा पनि पर्थ्यो । हेडसरको अफिसमा धाउन पनि पर्थ्यो ।। गाली गर्न पाएपछि स्वर चर्को हुन्थ्यो । बिज्ञान बिषय पढाउने उत्तरा मिस को ।। टिचिङ प्राक्टीस गर्नलाइ आउँथे नयाँ सर । असाध्यै मन पर्थ्यो मलाइ तीनको मेहनत ।। होमवर्क दिने सरमिस बने सबै शत्रु । कथा भन्ने गफगाफ गर्ने सर भए मित्रु ।। यस्तै तालको पढाइले झण्डै खुस्क्या टेष्टमा । बत्तिस बत्तिस नम्वर थियो मेरो मार्कसिटमा ।। स्कुलका सेलिब्रिटि एसएलसिका तारा । भन्नुहुन्थ्यो हेडसरले देशकै कर्णधार ।। गम्भीरमान सर हाम्रो ब्याचलाइ सधै गाली गर्ने । बिश्व निकेतनको इतिहासमा झुर ब्याच भन्ने ।। हुन त हामी खत्तम थिएनौ जस्तो मलाइ लाग्छ । अघिल्लो पछिल्लो ब्याचकै जस्तै फस्ट डिभिजन नि आ'छ ।। ६७ थिए हाम्रा साथि फस्ट डिभिजन वाला । बोर्डमा नआए पनि तिनले धाने इज्जत बल्ल ।। हेडसर खुशि हुनु भो रे रिजल्ट हेरे पछि । भेट्ने मौका पाइन मैले तहाँ देखि पछि ।। यस्तै कहानि भए नि स्कुल मलाइ प्यारो । बाजेको चना तरकारीको स्वाद भुल्नै गाह्रो ।। जति सम्झ्यो उति लामो सम्झनाका धारा । धन्य धन्य बिश्व निकेतन नेपालको तारा ।। साथिहरु काँ काँ पुगे थाहा छैन आज । सबैलाइ फेरी भेट्न पाए मज्जा हुन्थ्यो आज ।। स्कुल छँदा विश्व उद्यान कविता लेख्ने मैदान । लेख्न आएन कविता मलाइ गरियो तानतुन ।। मञ्जु मिसको गाली खाइयो त्यहि कविता माथि । झ्वाँक चल्यो लेख्नै छाडे कविता भुत्रै सिति ।। तर हिजो अचम्म भो के भो मलाइ कुन्नि? चना तरकारीको स्वाद सँगै कविता यसै फुर्नि ।। जे सुकै होस राखिदिन्छु म मेरो शब्द लहर । हेर्नुहोस न मञ्जु मिस आइ यहाँ एक प्रहर ।। गाली पनि मञ्जुर छ मिस फेरी एकपल्ट । २० बर्ष बुढो भए पनि उस्तै छु नि म त ।।
Read Full Discussion Thread for this article