Posted by: chanaa_tarkaari January 27, 2007
bahunketo or sayami?
Login in to Rate this Post:     0       ?        
मेरो मन को कुरा -------------------- बाहुनले नेवारलाइ हेप्न कुनै कसर बाँकि राख्दैन । नेवारले भने मौका पायो भने मात्रै बाहुनलाइ हेप्न खोज्छ । नेवारले बाहुनलाइ हेपे पनि बाहुनले आफ्नो ठान्ने भाषा (खस भाषा अथवा अचेल नेपाली भाषा)को ब्यापक प्रयोग गर्ने मात्र होइन नेपाली साहित्यमा मनग्य कथा, कबिता, नाटकहरु लेखेर योगदान गरेको छ । मतलब नेवारले नेपाली भाषा साहित्यलाइ अत्यन्तै आदर र सम्मान गर्छ । सरुभक्त, कृष्णचन्द्रसिंह प्रधान, सिद्धिचरण श्रेष्ठ, बिजय मल्ल, दुर्गालाल, यी केहि नेपाली साहित्यका हस्ति नेवारहरु हुन । फुटकर साहित्यकार र गनिसाध्य छैन । तर मैले अहिलेसम्म कुनैपनि बाहुनले नेवारी भाषामा साहित्य श्रृजना गरेको देखेको छैन । पाएसम्म होच्याउने र निषेध गर्ने प्रत्यक्ष अप्रत्यक्ष नियत मात्रै राखेको हुन्छ । अनि जब नेवार वा अरु कुनै जातीको मान्छेले बाहुनसित त्यसको हिसाबकिताब खोज्छ साखुल्ले पल्टेर अर्ति उपदेश बाँड्न खोज्छ, मतलबिहरु । नेवारी भाषा नजान्ने नेवारी संस्कृति नबुझ्ने बाहुनको कुरै छोडुँ, भाषा जानेका संस्कृति बुझेका बाहुन साहित्यकार लेखकहरुले पनि नेवारी भाषालाइ सकेसम्म पन्छाउन खोज्छन।
Read Full Discussion Thread for this article