Posted by: chitwanethito January 25, 2007
REPUBLIC OF MADESH - FREE MADESH
Login in to Rate this Post:     0       ?        
यादव बिहारीको अन्तिम नाम हो, त्यसैले उपेन्द्र नेपाली हैन भन्नु कति बेवकुफि हो भने यसको जवाफ दिनु जरुरी छैन। नेपालका आफ्नै दाजुभाईलाई गाली गरेर हिंसा भड्काउन खोज्ने हरु कि त मुर्ख हुन, कि त राजावादी हुन। साझाको पोलमा नै एकसय भन्दा बढि राजावादी देखिएकाले म कहिलेकाहि यो साझामा मधेशीलाई गाली गर्ने तिनै त हैनन भन्ने सोच्न बाध्य हुन्छ्हु। नेपालका अरु थुप्रै थर हरु भारतमा पाइन्छन, जस्तो मिश्र, वाग्ले, तिवारी, प्रधान, उपाध्याय, श्रेष्ठ आदि। मेरो बिचारमा त यदि मधेशीहरुलाई नेपालीले गर्ने ब्यवहार नसुधार्ने हो भने उनिहरुलाई हामी नेपालबाट छुट्टिन चाहन्छोउ भन्ने अधिकार छ, तर त्यो बोलि दुइ चार जना उपेन्द्र यादब जस्ताटपरटुइयाँले बोलेर हुदैन, लोकप्रीय नेताले भन्नुपर्छ।मधेशका नेताहरु अहिलेसम्म सबै कसरि आफ्नै मधेशिलाई ठग्ने र मधेशको डर देखाएर केन्द्र सरकार बाट रिसोर्स लिएर आफ्नै भुडी भर्ने मात्र भएका छन। मधेस भनेको कुनै देश हैन, कुनै जात जाति पनि हैन, जम्मै मैथिली बोल्ने वा जम्मै भोजपुरि बोल्ने वा जम्मै झा वा यादब ले छुट्टिन खोजेका पनि हैनन। यदि सबै मधेसका जनता ले छुट्टिन्छु भन्छन भने छुट्टिन पाउनुपर्छ। छुट्टिदैमा उनिहरुको आर्थिक अवस्था मजबुत पनि हुदैन, र मधेश छुट्टिदैमा पहाड गरिब पनि हुदैन। कर्णालि अरु कति गरिब हुनु छ र? धरानेहरु सँग बेलायतबाट आउने हो पैसा। काठमाण्डुमा बेपार गरेर पैसा कमाउने मधेशीहरु उस्तैपरे तराईमा ब्यापार गरेर वा कारखानामा मजदुरि गरेर बस्ने पहाडिया हरु भन्दा बढी होलान।घाटा दुबै तर्फ बाट हुन्छ।साच्चै चुनाब गर्दा बल्ल जनताले सोचि बिचारि भोट दिन पाउँछन र सबैलाई राम्रो हुन्छ।त्यसरी चुनाब भयो भने बल्ल तराईमा पनि राम्रो लिडरशिप आउछ र यि तालनतुलका उपेन्द्र, गोइत इत्यादिइ पाखा लाग्छन।यिनिहरुलाई मधेशिहरुले नेता मान्छन वा पछ्याउछन जस्तो लाग्दैन मलाई।यिनीहरु त डेमोक्र्याट पनि हैनन, अरु कुरै छोड्दिउ। लोकप्रीय, डेमोक्र्याट मधेशी नेताहरु शान्ति भएर निष्पक्ष निर्वाचन गराउन सके मात्र देखापर्छन।
Read Full Discussion Thread for this article