Posted by: Nepe January 25, 2007
REPUBLIC OF MADESH - FREE MADESH
Login in to Rate this Post:     0       ?        
Civil Society stands by the movement of Madhesis but rejects the violence. - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=98604 लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन सदभाव भेलाको आह्वान मधेस अहिले आन्दोलित छ । तर यो आन्दोलन अहिलेमात्र सुरु भएको होइन, गत २३८ वर्षेखि शाहवंशको एकल छत्रछायामा संरक्षित कथित शाही राष्ट्रवाद र पहाडी उच्च जातीय राजनीतिक वर्चस्वको दबदबामा दमित तथा सुषुप्त अवस्थामा रहेको मधेसी आवाजले अहिले मुखरित हुन पाएर आन्दोलनको रूप लिएको मात्र हो । अरू उत्पीडित जातिले राज्यको पुनःसंरचना र सामाजिक रूपान्तरणनिम्ति राखेको आकांक्षा पनि यही संघर्षको अर्को पाटो हो । ०६२/६३ को जनआन्दोलनको क्रममा विभिन्न जातीय र भौगोलिक समूहले आ-आफ्ना राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक हकको माग अघि सारेर आन्दोलनलाई तीव्र पारेका हुन् । मधेसी, आदिवासी/जनजाति, महिला, दलित तथा विकट कर्णाली भेग लगायतका विभिन्न अल्पसङ्ख्यक समुदायले आ-आफ्ना अभिलाषा र आकांक्षाहरूलाई अन्तरिम संविधानमै प्रस्ट रूपले सम्बोधन गरिनुपर्छ भन्ने आवाज अन्तरिम संविधान निर्माण प्रक्रिया थालिनुभन्दा निकै अघिदेखि राख्दै आएका हुन् । तर आवश्यक राजनीतिक इच्छा भए तत्काल सम्बोधन गर्न सकिने न्यायोचित मागहरूलाई लोकतान्त्रिक सरकारले वास्ता गर्नु आवश्यक ठानेन । फलतः नयाँ स्वरूप धारण गरिरहेको राज्यप्रति पनि ती समुदायको धारणा नकारात्मक नै बन्न पुग्यो । यस्तो स्थितिमा विरोधमार्फ आफ्ना पीरमर्का सुनाउन मधेसका केही समूहले विद्रोहकै गतिविधि अँगालेका छन् । केही समूहले त हिंसात्मक गतिविधिलाई समेत अँगालेका छन् । यही सिलसिलामा नेकपा (माओवादी) को ज्यादती र सरकारको नृशंस दमनबाट लहानमा असामयिक मृत्युवरण गर्न बाध्य पारिएकाहरूप्रति हाम्रो श्रद्धाञ्जली छ । स्मरण रहोस्, परिवर्तनको शान्तिविमुख बाटो र हिंसाको प्रयोग नागरिक आन्दोलनलाई कदापि स्वीकार्य छैन । अहिंसामै हाम्रो विश्वास छ र १९ दिनको जनआन्दोलनले अपूर्व रूपमा यसलाई स्थापित गरेको छ । अन्तरिम संविधानको मूल प्रयोजन संविधानसभाको निर्वाचन स्वच्छ एवं भयमुक्त वातावरणमा सम्पन्न गरी जनअपेक्षित राज्यसंरचना र शासनविधि निर्माण गर्नु हो । यस कार्यलाई फत्ते गर्दा व्यहोर्नुपर्ने चुनौतीका रूपमा एकातर्फमुलुकको राजनीतिक संस्कृतिमा विद्यमान कमजोरी उजागर हुनपुगेका छन् भने अर्कोतर्फसामाजिक सद्भावमा आघात पर्नथालेको देखिन्छ । मधेसको संघर्ष राज्यमा समानुपातिक राजनीतिक संलग्नताको निम्तिमात्र नभई सांस्कृतिक पहिचान र मर्यादाको निम्ति पनि हो । मधेसले उठान गर्दै आएका सवाललाई समयमै सम्बोधन गरेर त्यसको उचित निरुपण गरिएन भने मधेसीमा यो राज्यप्रतिको असन्तोष अझ गहिरिंदै गएर त्यसले झन् भयावह रूप लिने सम्भावना पनि छ, जसको परिणाम एकातिर सामाजिक सद्भाव र सहिष्णुतामा आघात पुग्नेछ भने अर्कोतिर संविधानसभाको निर्वाचनलाई पनि यसले प्रभावित गर्नेछ । पराजित मनोदशामा लुकेर बसेका सामन्ती प्रतिगामी तत्त्वहरूले आन्दोलनमा घुसेर धमिलो पानीमा माछा मार्ने चेष्टा गर्दै इतिहासको दिशा र गतिमै अवरोध खडा गर्ने सम्भावना स्पष्ट छ । यर्सथ समावेशी राज्यसम्बन्धी अन्य सवालमा संविधानसभामार्फ फस्र्यौट गर्ने सर्तमा केही अत्यन्त महत्त्वपूर्ण सवालको सम्बोधन तत्कालै अन्तरिम संविधानमै र निर्वाचनको कानुन निर्माण गर्ने क्रममा नै गरिनुपर्छ । विभेदमा आधारित पुराना २०५ निर्वाचन क्षेत्रलाई नै कायम राखेर मधेसी लगायत सबैले उठाएका समावेशीकरण र समानुपातिक प्रतिनिधित्वको समस्याको हल किमार्थ हुँदैन । राज्यको हालसम्मको केन्द्रीकृत ढाँचा र त्यसमाथि केही जाति तथा वर्गविशेषको वर्चस्व हटाउन समानुपातिक निर्वाचन प्रणालीको माध्यमले मात्र सम्भव छ । त्यसैगरी सङ्घीय गणराज्य र स्वशासनको अधिकारविना दलित, आदिवासी/जनजाति, महिला, मधेसी र अन्य अल्पसंख्यकका सवालहरूको समाधान खोजिनु निर्रथक हुनेछ । तर्सथ मधेसीमार्फ मुखरित यी सवाललाई तत्काल सम्बोधन गरी सम्पूर्ण उत्पीडित जनतालाई विश्वासमा लिएर संविधानसभा निर्वाचनलाई उच्चतम् सहभागी र प्रतिनिधिमूलक बनाई उक्त सभाको निर्वाचन आगामी जेठमै सम्पन्न गराउन यस नागरिक भेलाले नेपाल सरकारसमक्ष जोडदार आग्रह गर्छ । साथै मधेसका आन्दोलित नागरिकलाई प्रतिगामी तथा अन्य अवाञ्छित शक्तिहरूको घुसपैठबाट जोगिएर आन्दोलनका शान्तिपूर्ण एवं मर्यादित रूपहरू अँगाल्न पनि हार्दिक निवेदन गर्छ । नागरिक आन्दोलनले हिंसात्मक नारालाई कदापि समर्थन गर्ने छैन । राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको नेपाललाई जनभावनाअनुरूप संविधानसभामार्फ लोकतान्त्रिक गणतन्त्रको गन्तव्यमा पुग्न नदिन विभिन्न प्रतिगामी तत्त्वबाट हुनसक्ने हिंसा, विध्वंस र हस्तक्षेपबाट सजग एवं सचेत हुनुपर्ने आजको समयको आवश्यकता छ । यर्सथ सबै जाति तथा समुदायका नागरिकलाई आ-आफ्ना राजनीतिक, आर्थिक एवं सांस्कृतिक सवालहरू अहिंसात्मक र शान्तिपूर्ण ढंगले उठाउन पनि नागरिक आन्दोलन आग्रह गर्छ । _____
Read Full Discussion Thread for this article