Posted by: Boyfriend January 25, 2007
दु:खीको घरमा मात्र तेरो बास हुने भए हे दैब अब त मलाई दया गर्।
Login in to Rate this Post:     0       ?        
खै, कुरा कसरी सुरु गरुँनै एकदम दुबिधामा परे म! म २५ बर्षको ठिकैखाल्को तेत्तिको दामि हैन र खत्तम पनि छैन । जीवनमा कति राम्री लागे होला यो उकाली वोराली चढ्दा मुटु कति चोटि धड्क्यो होला कसैको आगमनको लागि । तर मेरो कमजोरी भनुकी बाध्यता, परिस्थितीले साथनै दिएन । मलाई पनि रहर थियो कसैको मायामा डुब्ने, मलाई पनि त रहर थियो कसैको काखमा सुतेर अपार सपनामा हराउने! कहिले गरिबिले गर्दा हार् खानु पर्यो त कैले कर्तब्येले पछाडि सार्यो। आज सम्म कसैको माया पाउन नसकेको लागि कसैबाट माया खोज्नु natural नै हो जस्तो लाग्छ मलाई। कोहि राम्रो स्वास्निमान्छे नजिक् देख्दा राम्रो लाग्नु केहि नराम्रो होला जस्तो त मलै लाग्दैन। बाबा आमाको सपना अनि आफ्नो पनि सपनाको साकार् गर्न को लागि कोहि नभयेको यो America आइयो। जे कामको लागि आको थियें त्यो काममा त कुनै खोट लगौन पर्ने छैन। पढाई राम्रै छ। जागिर् पनि राम्रै मिल्ला। तर किन किन एकदमै एक्लो भयेको छु। सायद् यो संसारमा म मात्रै प्राणि छ जस्तो लाग्छ। भिड्मा हुन्छु तर आफु एक्लैलै पाउँछु। कोहि सङ कुर गर्दा गर्दै हराउँछु म। सबै छन् तर कोहि छैन मेरोलागि यो संसारमा जस्तो लाग्छ मलाई। के यो कसैको चाहना हो? हो भने कस्को? घर् जान चाहन्छु तर सबै कुराले साथ दिन पर्दो रहेछ। थाहा छैन कैले जाने हो। कोहिलाई चिने भर्खरै। कोहिलाई जाने भर्खरै। लाग्छ कतै मेरै लागि त हैन उनि यो धर्तिमा आएकि? चाहना छ उनिलाई आफ्नो बनाउने अनि सधै उनिको नै भएर बाँच्ने। उन्को काखमा सन्सार् देख्ने। मनमा धेरै कुरा छन् तर भन्न सक्दिन। प्राएजस्तो केटिहरु सबैको boyfriend हुन्छ america मा फेरि उनि आएको पनि त ३ साल त नाघिसक्यो। खै म उन्को सामु आफ्नो कुरा सुनाउन पनि सक्दिन। आखिर भेट् भको पनि त कति नै भयो र उन्ले हुन्छ भनोस्?? आफैलाई उत्तर थाहा छ मलाई। तर म उन्लाई कदापि गुमाउन चाहन्न। जीवनको अन्तिम ढुक्ढुकिसम्म केबल उन्को काखमा हराउन चाहन्छु बस् केबल उन्को साथमा। थाहा छैन मेरो भाग्यले कत डोर्याउँछ। साथिहरुको उचित सल्लाहको आसमा। उहि सदाको दुँखी............
Read Full Discussion Thread for this article