Posted by: sayami January 22, 2007
Login in to Rate this Post:
0
?
.
जाडोको याममा स्कूलजान पनि हामी निक्कै साथीहरु जम्मा गरेर जान्थ्यौं। झोछें देखिन लगन भएर सबै साथिहरु जम्मा हुंदा २५ देखि ३० जना हुन्थ्यौं।घर देखि स्कूलसम्मको बाटोमा हुने कुराकानी र मनोरंजन संझदा अहिले पनि फेरि एकपटक बिश्व निकेतन फर्कौं फर्कौं जस्तो लाग्छ।
यो टिन एजरको समयमा लभ हुने भनेको पनि एउटा अद्रीश्य धागोले बांधेको जस्तो नै हुने रहेछ। अगाडि ध्यांग्ग भेट्टा चाहि एक् सब्द नफुट्ने तर दुबैले एकले अर्कालाइ पार गरि सके पछि दुबैले हेर्या हेर्यै गर्ने बानी। दुबै एउटै क्लासमा नभएकोले हामि दुबै लाइ अब कहिले घण्टि बज्ला जस्तो हुने र घण्टि बजि सके पछि एकले अर्कालाइ नदेखे सम्म अरु कुनै कुरा गर्न पनि मन नमान्ने।यो जालमा चाहि झण्डै हामि दुबै एक बर्षनै अल्मलियौं।
दुबैको बिचमा आदान प्रदान हुने चाहिं मुस्कान र चारवटा आंखाको बिचमा एलेभेटरको ढोकामा दांया बांया हालेको फोटो सेन्सर सेलले जस्तो एकले अर्कालाइ देखिने वा नदेखिने गरि हेर्ने बाहेक अरु बिशेष केही तारण थिएन ।
स्कूलबाट घर फर्क्यो। उस्लाइ नै देख्छुं। होमवर्क गर्छुं उस्को अनुहार मं कापिको पानामै देखछुं। राति सुत्छुं सिरक संगै उ पनि भएको भ्रममा पर्छुं। मलाइ के भएको यो!
कहिले काहिं आफैले आफैलाइ पनि धिक्कार ठानें। मनमा कुरामात्र खेलाएर अरु सबै काम कुरा बिगारेर के हो यो। मैले त सांच्चै अरु केहि गर्न सकेन । त्यहीं कुरामात्र बारंबार सझन्थें। सुते पनि उठे पनि। तर बास्तबमा हामि दुबै जनाको बिचमा भने केहि कुरा भएको थिएन। अब यसरि भएन, मं ठोस निर्णयमा पुग्नु पर्यो भनेर बागमतिको किनारमा गएर यो नयां अध्यायको उदघाटन गर्न मैले कसरि प्रस्ताब हाल्ने भनि अनेक जुक्तिको खोजिमा हिंडें ।
Contd.....