Posted by: CaMoFLaGeD January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
बल्ल पढिभ्याएँ आजका सबै पोस्टहरु। गालबले हँसाएछन् आजपनि। तिम्रो लेखाई त माने है मैले! आज अनि चित्रेको स्वस्थानी आएन छ? लौ किन ब्रेक गर्या चित्रे तिमीले? लेख लेख! अब त बानी पर्यो दुईवटा कथा पढ्ने। :-) अनि एउटा कुरा है! त्यो डम्बरे बनेर आउने म होइन है! मैले अहिले नै भन्या छु। अब त डरमर्दो छ, नयाँ मान्छे चौतारी आयो कि मलाई शंका गर्छन् कि गाम्लेहरुले भनेर त्यसै थर थर हुन्छु। हे हे हे!! अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा नि डराउछ भने जस्तो भा'छ। :P नेपे दाईको कुरोमा चाँहि मैले नि दस्तखत गरेँ सहमति स्वरूप। :-) ए बाबा!! कस्तो राम्रो साडी लगाकी हाम्री ठुलीले ताआआआआआआ!! यस्तो राम्रो भएर चौतारीमा आउन थाल्यौ भने भोली देखी हाम्ले सेकुरीटीको लागी बिषेश ब्यवस्था गर्नुपर्ने हुन्छ। खर्चै खर्छ। सान्नानी र तितौरीलाई नि कस्तो राम्रो राम्रो साडी किनेर ल्याइछिन्। अब मलाई के के ल्याएकी छिन् भनेर के सोधाई भो र? चित्रे ले त अहिले सम्म केहि पाएको रहेनछ। :P :P चित्रेको र राहुलदाईको बिना चिलिमको कविताहरु नि गजबका रहेछन्। :-) जिम्माल बा बुढेसकालमा के ट्याउँ ट्याउँ कराउनु परेको। छिन छिन मै त्यहि प्रश्न किन सोध्नुपर्ने? बुढालाई नि बिर्सिने रोग लागे जस्तो छ। :P मिस्टे नि आएछौ!! तिमीलाई नि "लङ ट्याम नो सी" है!! :-) भउते के बिदी मख्ख पर्या हो? हरे!! अहिले यस्तो छ, झन पछि के होला यो मान्छेको ताल!! हे हे हे!! राम्रो गजल गएछ नि सोमको त उता!! ग्रेट ग्रेट!! :P मिस नि अघि बिहान एकछिन बोलेर मेलापातमा हिड्नु भएजस्तो छ। आएपछि मेरो नमस्ते स्वीकार गर्नुहोला। :-) हरितालिके!! हा हा हा !! के गर्छौ बाबै, यस्तै छ जिन्दगी!! लोल!! सुरुमा मेरो नि त्यहि हालत भा'थ्यो धन्न लास्टाँ राम्ररी सुत्न पाइयो। जे होस सार्‍है रमाइलो भएको हो के!! :P :P Adios!! :-)
Read Full Discussion Thread for this article