Posted by: world_map January 20, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! परसादे, चण्डेजीलाइ स्वागतम्। गोतामे ज्यू, गाले, ठूली, मास्टर्नी दिदी, नमे, राहुलदाइ सबैलाइ जदौ! आज पनि मैले यौटा भाग लेखेको छु स्वस्थानी। गालेले नि फेरी संयोगवश कुम्लेको बारेमा नै लेख्या जस्तो छ, मैले नि उसैको बारेमा लेखें आज। मैले लेख्न सकाएर टाँस्न लागेको त गालेको पनि भर्खर आएछ। ल यो टाँस्छु अनि दुवै सँगै पढम् है त। लेखिसकिएको चीज भोलिको लागि राखेर किन बासी गर्ने। चौतारी स्वस्थानी व्रतकथा - १८ वाचक - उही व्यक्ति कुमारजी आज्ञा गर्नुहुन्छ, ‘हे अगस्त्य मूनि! तहाँ उप्रान्त हल्ला ल्याण्डमा गाँजा चरेसको व्यवस्था गर्न संभव नभएपछि श्री महादेव अन्तर्ध्यान भई कैलाश पर्वत जानुभयो। कैलाश पर्वतको गाँजा, चिलिम तान्दा तान्दा वाक्क भैसकेका महादेवले हल्ला ल्याण्डबाट ईम्पोर्ट गरेर भएपनि उच्च गुणस्तरको गाँजा मगाउनुभयो। उक्त गाँजाको सेवनले महादेव कैयौं दिनसम्म निद्रामा लम्पसार परिरहनुभयो। यो देखी पार्वतीले महादेवलाइ उठाउने चेष्टा गरिन् तर सफल भइनन्। त्यही समयमा पार्वतीले एक जना भक्तजनको स्तुति सुनिन्। हे पूज्य महादेव र गौरी! मलाई मिलाइदेऊ तितौरी म हूँ एक जवान माहुरी फक्रेकी फूल हुन् तितौरी!! यस्तो मीठो कवितात्मक आव्हान सुनेर पार्वती खुशी भइन् र कसले यो स्तुति गरेका रैछन् पत्ता लगाउन तिर लागिन्। यो स्तुति फूलरिडा(फ्लोरिडा) को समुद्रि तटमा बस्ने कुम्ले भन्ने भक्तले गरेका रहेछन्। तर महादेव सुतेको सुत्यै देखेर उठाउनको लागि उनकै त्रिशूल हातमा लिएर ढाडमा घोच्न थालिन्। ढाडमा बारूलाले टोकेको जस्तो अनुभव भएर महादेव झल्यास्स हुँदै व्युँझनुभयो र क्रुद्ध हुँदै पार्वतीलाइ भन्नथाल्नु भयो,’ हे स्त्री! तैंले मलाई किन यसरी उठाइस्? जसकालागि तैंले मलाइ उठाइस्, उसले चाँडै नै माछाबाट हानी भोग्नुपरोस्!’ यति भनी महादेव फेरी निद्रादेवीको शरणमा जानुभयो। महादेवको यस्तो वचन सुनी पार्वतीलाइ साह्रै नरमाइलो लाग्यो तैपनि कुम्लेलाइ दर्शन दिई,’तथास्तु! यो सप्ताहन्तमा तितौरी फूलरिडामा घुम्न आउँछिन्।‘ भनी वरदान दिइन्। यो सुनी कुम्लेको हर्षको सीमा रहेन र तत्कालै ब्रेक डान्स गर्न थाले। पार्वतीले फेरी भन्न थालिन्,’ तर यौटा कुरा याद राख्नु, माछा मार्ने या खाने कार्य भने यो समयमा नगर्नु नै राम्रो। यदी कुनै आपद आइपरेमा विष्णुको स्तुति गर्नू, उनले सहयोग गर्लान्।‘ पार्वतीको वरदानको प्रभावले सान्फ्रे गाममा बस्ने तितौरीलाई फूलरिडाको समुन्द्रमा गएर माछा मार्ने ईच्छा जागृत भयो। उनले आफ्ना ईन्टर्नेट मित्र कुम्लेलाई सम्पर्क गरी आफू आउन लागेको कुरा बताइन्। कुम्लेको मुटु जोडले ढुक्ढुकाउन थाल्यो, मुहार हजार वाटको बत्ती झैं चहकिलो देखियो, खुशीले आकाशमा उडेको अनुभव भयो। तितौरी कस्ती भने मृदुभाषी, राम्रो क्याप छड्के पारेर लाएकी, दश मिनेटमा चारवटा पेन्टिङ् बनाउन सक्ने, १५ मिनेटमा आठ लाइन कविता लेख्न सक्ने यस्ती तितौरीलाइ भेटेपछि कुम्ले पनि रमाउँदै फूलरिडाको बीच(beach)मा घुम्दा भए। तितौरीले माछा मार्ने बल्छी ल्याएकी थिइन् र त्यहीं माछा मार्ने ईच्छा व्यक्त गरिन्। कुम्लेले पार्वतीको चेतावनी सम्झेर भने,’हे तितौरी! आज माछा नमारौं, फेरी तिमीलाइ नै माछाले तानेर लग्यो भने म के गरम्ला?’ यो सुनी तितौरीलाई हाँसो उठ्यो र भनिन्,’हे कुम्ले! तिमी कस्तो हाँस्यास्पद कुरो गर्छौ, माछाले पनि कहीं मलाई तान्न सक्छ र? नाईं म त माछा मार्छु मार्छु!!!’ तितौरीको जिद्दीलाइ कुम्लेले टार्न सकेनन्। तत्पश्चात तितौरी आफ्नो बल्छीको टुप्पोमा गड्यौंला बाँधेर फूलरिडाको समुद्रमा डुबाई कुरेर बसिरहिन्। त्यही समयमा महादेवका श्रापका कारणले यौटा अजंगको सार्क आएर तितौरीको बल्छीमा रहेको गड्यौंला खान थाल्यो। बल्छी सार्कको घाँटीमा अड्क्यो र छट्पटाउँदै भाग्न थाल्यो। सार्कले तितौरीलाइ पनि समुद्रतर्फ तान्न थाल्यो। यो देखी तितौरी आत्तिंदै चिच्याइन्, कुम्ले हत्त न पत्त गएर ततौरीको कम्मरमा च्याप्प समाती तान्न थाले। तर अजंगको सार्कको वजनलाई उनीहरूले थेग्न सकेनन्। यो देखी त्यहीं भलिबल खेलिरहेका निशे, भौते र हाँडीगाउँका ग्याङ् नोर्बु, बांगे, छिरिङ् सबै उनीहरूको मद्दतका लागि खटिए। निशेले कुम्लेको खुट्टा समाई तान्यो, नोर्बुले निशेको कमीजमा समायो, बांगेले नोर्बुलाइ र छिरिङ्ले बांगेलाइ समातेर लामो लाइन बनाइ ‘टग अफ वार’ खेले झैं न्वारनदेखिको बल लगाई तान्न थाले। तैपनि सार्कले उनीहरूलाई बिस्तारै बिस्तारै समुद्रतर्फ घिसार्न थाल्यो। आफ्नी बहिनी तितौरीलाइ माछाले उल्टै तान्न लागेको देखेर भौतेले बालुवामा टाउकोले टेकी हजारौं सेकन्डसम्म श्री विष्णुको तपस्या गर्दा भए। विष्णुले उनीहरूको समस्या देखी आफ्नो चक्र प्रहार गरी बल्छीको धागो चुंडाइदिए। एक्कासी बल्छी चुँडेपछि सार्क समुद्रमा हुत्तिंदै गएर यौटा ब्लु व्हेलसँग ठोक्किन पुग्यो। उक्त चोटको कारणले सार्क बेहोस भयो। यता तितौरी, कुम्ले, निशे र हाँडीगाउँको ग्याङ् बालुवामा पछारिन पुगे। यो देखी भौतेले हत्त न पत्त आफ्नो डिजिटल क्यामेरा निकाली ठूलो स्वरले चिच्याए, ‘स्माईल प्लीऽऽऽऽऽजजजजजजज!!!!!!’ ईति श्री स्कन्द पुराणे कुमारखण्डे माघमहात्मय कुमारागस्त्ये संवादे कुम्ले तितौरी मत्स्य मारन्ति -- नाम अठारोध्याय
Read Full Discussion Thread for this article