Posted by: Gautam B. January 18, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
तारेमाम राहू बूडा! अचेल राहू बूडालाई मात्रै देख्छु चौतारी हुँदी, केतू बूडा (उहि धोबिनीको पियारा क्या!) त बेपत्तै भे! कता लागेछन्, खुइलेको तालुमा काँइयो गुमाउँदै? मिष्टे र झिल्के बज्जे पनि कता लागेछन्? कि आमाको तिलहरी-गहना च्यापेर रक्सौल त कटिसकेनन् भन्या? यामे बुरो, भउतेको कहानी त मलाई थाहा छैन, धरोधर्म! मान्छे भने मैले अनुमान गरेकै हुनुपर्छ। बुरोलाई पहिलेबाटै सोधम्ला भन्ठानेको, यामे बुरो लामाचौरको हो? हो भने हाम्रो चिनजान पनि भा' हुनसक्छ। एक राउण्ड बिजुली चिठ्ठी हानम् न!
Read Full Discussion Thread for this article