Posted by: chanaa_tarkaari January 18, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
अघिल्लो पल्ट लेख्दा छुटेछ राख्न "क्रमश:" मुनि । ज्यापुलाइ भ्रम भएछ क्रम सक्यो भनि ।। त्यसो होइन ज्यापु बन्धु लेख्दैछु म अझै । विश्व निकेतन पढ्दा ताका ट्रलिबस सम्झी ।। कसले बिर्सिन सक्छ होला टुपि जस्तो पोल । कुद् दा झर्थ्यो त्यहाँबाट तातो चारकोल ।। भन्थे कोहि चुम्बकै हो रे त्यो कालो चारकोल । ट्याप्प टाँस्ने समाइ टुपि बिजुलिको तार ।। के को हुन्थ्यो चुम्बक गाँठे होइन र छ नि । फेदतिरको स्प्रिङ्ले पो तान्दो र छ नि ।। डोरी हुन्छ पछाडि पट्टि टुपि तल तान्ने । छुट्यो भने डोरी तान्दै त्यहि पोल हाल्ने ।। चाँइक्क चुँइक्क आवाज आउँछ त्यो पोल हाल्दा । हैरान खान्छ नया खलासि पोल मिस जाँदा ।। क्रमश:
Read Full Discussion Thread for this article