Posted by: Birkhe_Maila January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हा हा हा गालेको अत्याधुनिक स्वस्थानि! मलाई एउटा घटना याद आयो। ठुल्दाई, निशे, कुम्ले र नेप्चे मिलेर पशुपतिमा बसेर गाँजा तानिरहेका रहेछन् एकदिन्। त्यहि बेला महादेव पनि मान्छेको भेष लिएर घुम्दै घुम्दै पशुपती पुगेछन्। ४ जना बसेर मजाले गाँजा तानेको देखेर महादेवलाई पनि तलतल लागेछ र त्यहाँ सम्मिलित हुन पुगेछन्। महादेव- " के छ साथिहरु एक चिलिम तान्न पाइएला?" राहुल ठुल्दाई- " कबिता सबिता सबै रमिता दाम पनि छैन काम पनि छैन तानुम एक चिलिम कि कसो मिस? ओहो मिस त हुलुस तिर पो जानुभा छ त !" महादेव ससर्केर अगाडि बढेछन्। निशे – “आँssच स्ट्र्यान्जर ब्रो हरिप हान्छ हौ राहुल सुड्डाको चिलिमले त, ज्वाइन गर ल!” कुम्ले – “ आउनुहोस हामि संग बसेर गाँजा तान्नुहोस र सबै कुरा बिर्सनुहोस :-) !” नेप्चेले एउटा चिलिम महादेव तिर दियो। महादेवले सरासर ५-७ सर्को लगाए। सर्को लगाउने सिलसिला चल्दै गयो, महादेव त महादेव थिए अलि अलिले नछुने। नेप्चे- “ ल चिलिम त तानियो, अब परिचय पाम न!” महादेव – “ म महादेव पार्वतीको पोइ कैलाश बाट नेपाल घुम्न आएको!” सबै ट्वाल्ल परेर महादेवलाई हेरेछन्। निशे – “ खित् खित् खित् …हा हा हा ….लोल…..आँच सोमलाई हर्रामि लागेर बबाल झ्याप भएछन्तनि हौ, कुन झारे हो झ्यापको सुरमा आफैँलाई महादेव रे फिरि..खित् खित् खित्” अनि त्यहाँबाट महादेव “यि नेपालका ठिटाहरु संग केहि नलाग्ने रहेछ भनेर अन्तर्ध्यान भएछन्।
Read Full Discussion Thread for this article