Posted by: CaMoFLaGeD January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
हे गालब! सार्‍है राम्रो चौतारी बनाएछौ। निकै खुसी लाग्यो। तिमीलाई धेरै धेरै धन्यबाद छ!! तिम्रा सन्तानले डाँडा काँडा ढाकुन्। :-) सबै गाम्लेहरु समक्ष एउटा निवेदन गर्न चाहन्छु कि मैले त्यो कबिता मेरो इ-प्रेमिकाको ठेगाना पाउने अभियानका रुपमा लेखेको होइन। त्यो त केवल कबितालाई समय सापेक्ष बनाउन अर्थात आजकाल पत्रको साटो इमेल प्रयोग हुने भएको हुनाले लेखेको हुँ। :डि जहाँ सम्म मेरो १००० जना इ-प्रेमिका छन् भन्ने कुरा आइरहेको छ, म यो कुरा प्रस्ट गराउन चाहन्छु कि मलाई यो इ-प्रेमिका हुन्छ भन्ने कुरामा बिस्वास लाग्दैन र यदि इ-प्रेमिका भन्ने कुरा हुन्छ भने इ-ठेगाना मात्र हो नि चाहिने, त्यो भन्दा अघि बढ्ने बित्तिकै त्यो "इ-प्रेमिका" अगाडीको "इ-" हटाउनुपर्ने हुन्छ, हैन र? फेरि हजारजना बनाउन सक्ने न म सङ्ग रुप छ, न धन छ, न त त्यत्रो ठुलो मन छ। हे हे हे!! :पि अनि, सान्नानीको कथा नि पढियो, हैन सधैँ किन त्यस्तो हुन्छ तिमीलाई? अनि तिमीहरु त्यो ट्याक्सीको पछि पछि दौडेको कुरो चाँहि किन नलेख्या? ल ल लेखुम लेखुम्, हामी छौँ नि यहाँ पढ्ने। :-) जिम्माल बा को कविता उता पढेँ, सार्‍है राम्रो लाग्यो। :-) सबै गाम्लेहरुलाई जदौ!! :-)
Read Full Discussion Thread for this article