Posted by: Birkhe_Maila January 17, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
धन्यवाद् कुम्लेजी! एउटा अर्को- यो हिउँद- चिसो पट्टयारलाग्दो सर्दीमा, गजधुम्म परेर कपास ओडेका, ती एकोहोरो ठाडा रुखहरु; मेरो नियती जस्तै, आफुमाथि क्रमश: थपिँदै गएको बोझ हल्का हुने आशामा, अरु बोझ थप्दै गइरहेका छन्!! फुस्फुसाउँदै गरेको सेतो सफा, तर आफू भित्र कलबिख भरेका त्यान्द्राहरु; माथि कतै आकाशबाट कोमल स्पर्शको भान पार्दे, मैले भोगेका कथित् चोखो माया जस्तै, मुटु सम्म हान्दै जान्छन् र उसको आगमनले संसार श्वेत, सफा भएको नाटक गर्छन्!! सबैलाई बिहानी गित सुनाउँदै बिउँझाउने साना साना चरिहरु, अचानक बल्झिएको प्रलयबाट टाढा जाने चेष्टामा, कतै कुनै गुँड भित्र गुँडुल्किएर बसेका होलान अनायासै थन्किएका, मेरा साना साना सपना जस्तै!!!
Read Full Discussion Thread for this article