Posted by: Birkhe_Maila January 15, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
अब मेरो एउटा गन्थन राख्दै छु! कोहि त होला- मिर्मिरेमा शीतल हावा चल्दा म खुसि त हुन्छु ; तर केहि बेहोश पनि हुन्छु! मेरो त्यो बेहोशी, मेरो त्यो बिहानी मदहोशी बुझिदिने कोहि त होला?!! मध्यान्नमा संसार जाग्दा; म केहि तन्द्रामा, केहि निँद्रामा हिजो छरिएका व्यथाहरु, हिजो भरिएका आँखाका पानीहरु, यन्त्रवत् संगाल्दै जाँदा, खोक्रो प्रयासको अर्थहिनता बुझाउँदै, नया दिनको जगमग् जगमग् प्रकाश चिनाउने कोहि त होला?!!! साँझको पँहेलो आकाश हेर्दे, म मेरो डुब्दै गरेको सुर्य नियाल्छु! टाढा कतै बास खोज्दै उड्ने, चराको एकोहोरो उडान संगै म हराउउँदै जाँदा; बिचमा नअडिए अवश्य गुँड भेटिने वास्तविकता बताउने कोहि त होला?!!! रातको निसपट्ट अन्धकारमा, म; मेरो थाकेको खुट्टाहरु बिस्तारै चलाउँदै, स्वभावत: लड्खडाउँदै, विश्रामको बस् एउटा छत खोज्दै यताउता भौँतारिँदा- मिठो निँदको बाचाका साथ, न्यानो ओछ्यान देखाइदिएर मेरो यात्राको गन्तव्य, मेरो बास; बुझिदिने कोहि त होला?!!!
Read Full Discussion Thread for this article