Posted by: gwanche January 15, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
एउडो जे पि टि टुक्रो मेरो तर्फबाट नि................. बिश्वास तिमीले मलाई भनेको सम्झन्छु मान्छेले 'सबै' लाइ बिश्वास गर्नुपर्छ बिश्वास मै अडेको छ सारा संसार बिजय बिश्वासको, हुन्न कहिल्यै हार अफसोच्, तिमीले आफ्नो वचन राखिनौ 'सबै'को परिभाषा भित्र मलाई नै पारीनौ तिमी यसलाइ मेरो गुनासो नठान्नु कसैको होइन आफ्नै मनको कुरा सुन्नु मैले तिम्रो सुझाव मान्न सकिन तिमी बाहेक अरुलाइ बिश्वास गर्नै सकिन अझै पनि गर्छु म बिश्वास तिमीलाइ म गलत छु या सही थाहा छैन मलाई मध्यरातमा निन्द्राबाट अझै ब्युझन्छु आउँछौ कि तिमी भनि पर्खन्छु आउँदिनौ तिमी थाहा छ मलाई मेरोलागि तिमी भइसक्यौ पराइ निर्णयको तिम्रो म सम्मान गर्छु तिमीले नगरे पनि, तिमीलाइ म बिश्वास गर्छु तिमीलाइ सँधै म सपनीमा भेट्छु सपनी मै मनको प्यास मेरो मेट्छु बिपनीमा तिमी कहीं पनि छैनौं थाहा छ मलाई तिमी मेरी होइनौं असम्भव सपनाहरु कल्पन्छु आफुले आँफैलाइ म बिश्वास गर्छु सक्दिन आफ्नो मनलाइ सम्झाउन या शायद मनलाइ सम्झाउनै चाहन्न कल्पनामा पाउँछु म सँधै तिमीलाइ कल्पना मैं सम्झाउँछौ तिमी मलाई सबैले सबैलाइ बिश्वास गर्नुपर्छ जीत सँधै संसारमा बिश्वासको हुन्छ
Read Full Discussion Thread for this article