Posted by: chitwanethito January 15, 2007
Jwala Singh demands separate, independent Terai state
Login in to Rate this Post:     0       ?        
दुइ चार जना गुण्डा लगाएर दुइ तिनवटा पहाडे मार्दैमा नयाँ राज्य पाइने भए प्यालेस्टाइनि हरु अहिले सम्म कति वटा देशका मालिक हुन्थे होलान? यो ज्वाला हरुको समस्या के छ भने यिनिहरु नेपालमा तराइबासि हरुलाइ दमन भएको छ भन्दा भन्दा बढि बोलिदिन्छन। हो, पक्षपात छ, तर त्यो मान्छेको ब्यबहारमा छ। तर पढेर डक्टर बन्न खोज्ने लाई, ठुलोमान्छे बन्न खोज्ने लाइ कसैले रोकेको छैन। शेर्पा, मनाङे, थकालिले गरेर खान सक्ने देशमा तराइबासिलाइ सम्बिधानले रोकेको छ भन्नु कति फट्याइ हो? त्यसैले त पढेलेखेको तराइबासिले यिनिहरुलाई साथ दिदैनन नि। देशका सबै धनिमानि हरु तराइ मुलका मान्छे भएको देशमा तथाकथित तराइबासी हरुले गर्ने आन्दोलनले कसलाइ बढि क्षति पुर्‍याउला? त्यो पनि अझ मान्छे मारेर, ट्रक पल्टाएर। भारतमा नेपालिहरुलाइ त्यत्रो अत्याचार गर्दा तिनले पनि हतियार उठाएका थिए, पुगे कहिं? हतियार उठाएर देश टुक्राउछु भन्नु जस्तो दिवास्वप्न कुनै होइन, इराकमा सुन्निले पनि आट गरेका छैनन। त्यो एकदुइ वटा वेब साइटमा नाराबाजि गर्दैमा नया देश बन्दैन। अनि नया मधेशमा चाहि के पहाडिहरु बस्न नपाउने, उ बेला भारत पाकिस्तान टुक्र्याएको जस्तो गर्ने हो कि? गान्धिजि लाई सम्झ, नया तरिका अपनाउ। सबैले सुख पाउछन।नत्र मर्ने र दुख पाउने बढि तराइकै हुन्छन, नपत्याए रोल्पा हेर।
Read Full Discussion Thread for this article