Posted by: samiksya January 14, 2007
किनकी म तिमीलाई माया गर्छु !
Login in to Rate this Post:     0       ?        
तिम्रो कोठाको सामान र म ------------------------------- तिम्रो कोठा भित्र हुने करतुत लुकाउने केबल पर्दा नबनाउ मलाई ! एकपल्ट सिरक बनाएर, सम्पूर्ण न्यानो र सरगर्मीको बिकरणले पगाल, तिमी भित्रका आईसबर्गहरु ! चित्रमा पोतेर रङ्ग खाली भित्तामा झुण्डाएर, बसन्तको आनन्द लिन सक्छौ केहिबेर ! एकपल्ट मेरो रङ्ग आफूमा लपेटेर हेर, र महसुस गर सदाबहार ! टेबलको घडीको टिकटिकले तिमीलाई बिहानै उठाउन सक्ला निन्द्राबाट ! एकपल्ट त्यो टेबलको प्लाटफर्ममा मेरो ढुकढुकी राखेर सपना कोरेर बांच र सुनाउ मलाई, समय कति सार्थक भयो सपना साकार पार्न कति उर्जा मिल्यो !
Read Full Discussion Thread for this article