Posted by: chanaa_tarkaari January 12, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
आज पनि फेरि केहि लेख्दैछु म यहाँ । ट्रलिबसकै सेरोफेरो गम्दैछु म यहाँ ।। काठमाडौको छातिमाथि गुडे धेरै गाडि । गुण लाउने जातमा होला ट्रलिबस नै माथि ।। किन म भन्छु मित्र यस्तो भनिकन । सेवा यसले गर्यो मित्र वातावरण नबिगारिकन ।। अरु जति गाडि कुदे धुवाँ बुरुरुरु । कुहिरिमण्डल हुन्छ शहर धुवाँले नै बरु ।। थोत्रा थोत्रा गाडि कुद्ने घ्यार घ्यार गर्दै । डिजेलको कालो धुवाँ वरिपरि छर्दै ।। सास फेर्ने हावामा मिसियो मोटरको धुवाँ । खाल्डो सरि काठमाण्डौमा थिग्रियो दुषित हावा ।। छाति दुख्यो दम बढ्यो भयो क्यान्सर पनि । धुवाँले नै ल्यायो कति रोगब्याध र शनि ।। गाडि चढी मख्ख परी बोक्ने पिडा र रोग। ट्रलिबसले गरेन त्यस्तो बिर्सनु हुन्न गुण ।। स्कुल बस थिएन हाम्रो विश्व निकेतनको । ट्रलिबस नै स्कुल बस बन्यो पुर्वि भेगको ।। क्रमश:
Read Full Discussion Thread for this article