Posted by: Rahuldai January 11, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
अब केही कुरा राख्छु । केही महिना अघिको कुरा हो, मारवाडी समाजका युबा जोश्, राजेन्द्र खेतान ले टि भि अन्तर्वार्तामा भनेका थिए । नेतालाइ घुस् खान सिकाउने हामी उद्योगी ब्यापारी नै हौं, देशमा ब्याप्त भ्रष्ट्राचार को हामी पनि बराबरी दोषी छौं भनेर । अब यहाँ साझा म जो नि आउंछ नेता लाई मात्र गाली गरेर आफ्नो भे भरको रीस पोख्छन बा । देश को यो दुर्गाती हुनु मा हाम्रो हात खुट्टा छैनन् त? बिदेशमा बसेर देशको बारेमा आफना छोरछोरि र बाबु आमा भन्दा बढि चिन्ता गर्ने तर आफु केहि पनि नगर्ने, दोश् र रोष् नेता लाई पोख्ने, यो त खोक्रो आडम्बर् मात्र हो। नेता पछि कर्मचारि लाइ गालि गर्या छ, गर्‍या छ। मलाइ भन्नुस्, हाम्रो देशमा कति सांसद् र मन्तृ छन् र कति जना घुस्याह छन्, तेसरि नै कतो कर्मचारि छन् र कति जनाले घुस खाएर महल् बनाएका छन्। घुस खाने नेता र कर्म्चारिका अधिकांस सुपुत्र-सुपुतृ हरु बिदेशमा रंगम्गाइ रहेकाछन्। आफु चहि आदर्श को कुरा गर्ने? डोल्पा, रोल्पा अनि जुम्ला हुम्ला मा खटिने कर्मचारि देखि लिएर घर् मा चुलो मुश्किल् ले बल्ने कति जना छन् लेखाजोखा छ, कसै सङ्? तपाई हरु जस्तो अति योग्य ब्यक्तिहरु बिदेश पलायन भएसि लुच्चा फताहा हरु को बाहुल्य भयो भनेर किन दिक्क मान्ने? सदियौं देखि अझ भनुम् धार्मिक् संरचना नै हाम्रो त्यस्तो छ कि चाकडि चाप्लुसि र नैबैद्य न चढाइ न हुने। संस्कार् को नि दोष छ नि यस्मा त, होइन र? फेरि भन्लाउ, यो राहुले त कुनै नेताको मान्छे होला, भनेर। भन्ने ले जे भनुम्, यता तिर् पनि ध्यान् दिउम् भन्ने आग्रह मात्र हो। अस्तु!
Read Full Discussion Thread for this article