Posted by: Nepe January 10, 2007
A Ghazal in Making..Nepe
Login in to Rate this Post:     0       ?        
>नेपेको लेखाईको देखासिकी गर्छु होला ! म आफैले चाहि 'फैज' को नक्कल गरेको, गर्न खोजेको भनम् न । परम्परागत श्रृङ्गारिक विम्बहरुलाई समसामयिक सामाजिक मुद्दाहरुको आख्यान/टिप्पणी गर्न बलजफ्ती लगाएको हुँ । भौतेको अप्रसन्नता चाहि राजनैतिक अनुवादमा भन्दा पनि अतिशयोक्तिपूर्ण राजनीतिकरणमा हो भन्नेमा छु । होईन भौतेज्यू ? *** *** *** *** *** *** शिरीष, >बष्टनमा हुने भनेको साहित्यिक कार्यक्रममा यो गजल पाठ गर्ने अनुमति पाम् ! अवश्य । सम्मानित अनुभव गर्नेछु, कृतज्ञ हुनेछु । बरु, एक-दुई शब्द तलबितल परेछ, त्यसैले पूर्ण पाठ पुन: एक पटक, सामुन्ने छिन् मायालु, अझै कुरिरहेछु म दूरी जमिन हैन रे'छ, आफै दूरी रहेछु म आँखा पर्दा नुहें, पिठ्युँ पर्दा घुरिरहेछु म सुरक्षित दूरीको पो बहादुरी रहेछु म मनोरथ गुड्ने राजमार्ग कै'ले पुरा होला एउटा खाल्डो खनी अर्को खाल्डो पुरिरहेछु म जहाँको तहीं छु अझै, यस्तो त होईन कतै व्यायामी धावन पेटीमा दगुरिरहेछु म म निर्णायक मायाको सुनामी हुँ भन्ठानेको भदौरे घाम, माघे ठण्डी, चैते हुरी रहेछु म ______________________ धावन पेटी = treadmill Nepe
Read Full Discussion Thread for this article