Posted by: Rahuldai January 9, 2007
Karki haru sidhra byapary ho, history anusar
Login in to Rate this Post:     0       ?        
धन्यवाद बाहुनको छोरो, भन्न त मलाई नेवार भन्छन्, नेवार हुं पनि । तर मेरो ज्ञानले नेवार कुनै जात वा थर होइन । उपत्यका बस्ने र नेवारी भाषा बोल्ने बिभिन्न जाती र थर हरु को समुह हो नेवार । यस् भित्र ब्राम्हणा पनि छन्, छेत्री पनि छन्, सबै छन । प्रसँग उठिहाल्यो, भगवान बुद्धका बंशज् हरौ शाक्य हरु नेवार् हुन् कि क्षेत्री हुन् वा थारु हुन् शोध को बिषय होइनन् र? पक्कै पनि कपिल्वस्तु राज्यका युबराज् या त ठकुरि-क्षेत्री या अबधि बोल्ने थारु हुनु पर्दछ। तर कालन्तरमा बिभिन्न कारणले काठ्माडौ भितृए पछि यहा को भाषा बोल्न थाले र नेवार् भए।त्यसरि गरि मल्ल नि २ थरि हुन्छ र? एक् जमानाम भिन्न भिन्न भूगोल् मा राज्य गर्ने मल्लहरु अबस्य नै ठकुरिहरु थिए। उपत्यकामा राज गर्ने ले नेवारि बोले। नेवार् भनेर भनिए। उपत्यका बहिर् को चाहि ठकुरि हुने? त्यसैले यस् बारे ठुलो बहस हुनु पर्दछ। मित्र, म इतिहासको बिद्यार्थि र सोधकर्ता होइन, केवल् किताब् पढ्ने पाठक् मात्र हुं। केहि जिज्ञासाहरु राखेको मात्र हुं, अन्यथा न लिनु होला।
Read Full Discussion Thread for this article