Posted by: Rahuldai January 9, 2007
Karki haru sidhra byapary ho, history anusar
Login in to Rate this Post:     0       ?        
बाहुन केटो जी, हुन त म ब्राम्हण होइन। तर पनि ब्राम्हणको परिभषा राख्न गै राखेको छु। तपाईको ब्राम्हणको परिभाषा शाह् बंश र सामन्ति ब्यबस्था लादिए पछिको पंडितहरुले बनाएको आत्मपरक् बखान् मात्र हो। "ब्राम्हण भन्नाले ब्रम्ह को ज्ञान भएको ब्यक्तिलाई जनाउंदछ । अर््थात्, जस्ले यो ब्रम्ह मा भएको कुनै पनि शब्द र समस्याको अर्थ लगाउन सक्छ र बयान् गर्न सक्षम् छ त्यो नै भ्राम्हण हो। यो कुनै जाति वा थर् बिषेश होइन। ब्राम्हण को कुनै थर् हुदैन" - पूर्ण प्रकाश् नेपाल् यात्री- नेपाल् को बर्ण बिन्यास, २०५९-६०। जयस्थिति मल्लको शासन् काल् मा जाति र थर् को ब्यबस्थाको सुरु भएता पनि काम् को आधारमा बर्ण बिन्यास गरेको ले साना ठुला जात् हुदैनथ्यो। पछि आफुमा भएको बिद्वतता को फाइदा उठाएर केहि ले साना र तल्लो जात् थर् भनी बिभेद् गरेको इतिहास् ले बताउंछ। पूर्ण प्रकाश यात्रीको कथन् अनुसार्, बाहुन् को छोरो बाहुन् नै हुन्छ भन्नु मनासिब् देखिन्न, जो सङ्ग ब्राम्हण हुने योग्यता छ तेहि ब्राम्हण हो। होइन र बाहुन् केटो?
Read Full Discussion Thread for this article