Posted by: Nepe January 9, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
Suna wrote: >Huna ta ho >in the spirit of democracy - marwaris should be allowed to have >representation. >But >Nepalese have been living in India for generations too - khoi ta >representation - in the true sense not MISREPRESENTATION >as in the case of ISKUS BUDHO. And how old is that democracy?? >my tuppence. Suna, मारवाडी समुदायको वर्तमान माँग केवल अन्तरिम संसदको लागि हो र यो हाल प्रतिक्षारत अन्तरिम सम्विधानकै धारा ४५ उपधारा १(ग) मा वाकायदा लेखिएको "जनवर्गीय तथा पेशागत सङ्गठन, उत्पीडित जाति, पिछडिएको क्षेत्र, आदिवासी जनजाति र महिला तथा राजनैतिक व्यक्तित्वहरूबाट सहमतिका आधारमा मनोनित ४८ जना" को प्रावधान अन्तर्गत गरिएको माँग हो । त्यसैले यसलाई भारतको स्थितिसंग दाँज्नु भनेको सुनाखरी र सयपत्री दाँज्नु जस्तो भएन र ? Nepe *** *** *** *** *** *** *** नेपालको अन्तरिम सम्विधान २०६३ (Note: signed but not promulgated yet ! Some correction is going on) भाग ६ व्यवस्थापिका-संसद ४५. व्यवस्थापिका-संसदको गठनः (१) नेपालमा एक सदनात्मक व्यवस्थापिका- संसद रहनेछ जसमा देहाय बमोजिमका ३३० सदस्य रहने छन्:- (क) यो संविधान प्रारम्भ हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधि सभा र राष्ट्रिय सभाका सात राजनीतिक दल र अन्य दलका निर्वाचित सदस्यहरू समेत गरी २०९ जना, स्पष्टीकरणः सात राजनीतिक दल भन्नाले संवत् २०६३ साल कार्तिक २२ गते राजनीतिक सहमति कायम गर्ने नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कांग्रेस (प्रजातान्त्रिक), जनमोर्चा नेपाल, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी), नेपाल मजदुर किसान पार्टी र संयुक्त वाम मोर्चालाई जनाउँछ । (ख) नेकपा (माओवादी) को तर्फाट ७३ जना (ग) संयुक्त वाम मोर्चा, जनवर्गीय तथा पेशागत सङ्गठन, उत्पीडित जाति, पिछडिएको क्षेत्र, आदिवासी जनजाति र महिला तथा राजनैतिक व्यक्तित्वहरूबाट सहमतिका आधारमा मनोनित ४८ जना (२) उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि जनआन्दोलनको विपक्षमा रहेका व्यक्तिहरू व्यवस्थापिका-संसदमा रहनेछैनन् । (३) व्यवस्थापिका-संसद राजनीतिक सहमतिका आधारमा सञ्चालन गरिनेछ । (४) व्यवस्थापिका-संसदको कार्यकाल संविधान सभाको पहिलो बैठक बसेपछि समाप्त हुनेछ । (५) व्यवस्थापिका-संसदको कुनै सदस्यको स्थान कुनै कारणले रिक्त भएमा बाँकी अवधिको लागि जुन राजनैतिक दल वा समूहबाट प्रतिनिधित्व भएको हो सोही राजनैतिक दल वा समूहबाट मनोनयन भई रिक्त स्थान पूर्ति हुनेछ । ____________________________________________
Read Full Discussion Thread for this article