Posted by: Hi_nanu January 9, 2007
Marwari community wants their representation in interim parliament.
Login in to Rate this Post:     0       ?        
राम्रो छलफल चलि रा रहेछ यहाँ त।कुरा चाहि माडवारिबाट सुरु भएर राजा,रानि,भ्रस्टाचारि सबै तिर छोइसकेछ।मलाइ पनि यसो मनको कुरा पोख्न मन लाग्यो है साथि हरु।केहि गल्ति भए माफ गर्नु होला,प्रजातन्त्र भनेकै आफ्नो बिचार राख्ने र अर्कोको सुन्ने त हो क्यार।हाम्रो समस्या चाहि के हो भने,हामि आफ्नो कुरा मात्रै सोरै आना ठिक अनि अरु सबैको कुरा चाहि बेकार फाल्तु भन्ठान्छौ। मेरो रायलाइ यहा राखु है त अब १) माओबादिलाइ चुनाबि माध्यम बाट तह लाउनु पर्छ।यदि जिते जनताको मन भने,उनिहरुलाइ पनि देशको बिकाश गर्न सबै मिलेर सहयोग गर्नु पर्छ। २)माओबादि पिडित हरुलाइ रास्ट्रले सहयोग गर्नु पर्छ। ३) अन्तरिम सन्सद् ८ दलको पेवा बनाइनु गलत हो।सके कुरा सके सम्म सबै बर्गको प्रतिनिधित्व गर्नु पर्दछ।तर यसो भनेर देशको शान्ति प्रकृयामा भाँजो हाल्ने काम गरिनु हुन्न ४)देशलाइ बिभाजन् उन्मुख गर्न खोज्ने पहाड,तराइ,मधेशको नाम् राजनिति सुरु गरिनु हुन्न। ५) राजाको बारेमा निर्णय गर्ने अधिकार जनतालाइ दिनु पर्छ। ६)शान्ति प्रकृया सकिसके पछि,भ्रस्ताचारि उन्मुलन् आन्दोलन्को सुरु गरिनु पर्छ। साथिहरु,राजनिति र आर्थिक सुधार् सधै गतिसिल हुन्छ र त्यो गति सङ हामि सबै हिड्नु पर्छ। यो सबै भनेर मैले माओबादिका सृन्खलाबद्ध हत्या बिर्सेको चाहि छैन है।।तिनलाइ जनताले सजाय दिने छन। मेरो दुइ पैसा,गल्ति भए माफ पाउँ है
Read Full Discussion Thread for this article